बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

पोखरामा १४ वर्षीय बालकको विभत्स हत्या

राजधानी संवाददाता
6 months ago
12/02/2019

पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालक सचिन सिँजालीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनको शव हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो ।

पाल्पा स्थायी घर भएका उनी पोखरामा आमासँग बस्दै आएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए ।

(Visited 135 times, 1 visits today)
Loading comments...