मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

नयाँदिल्लीको होटलमा भीषण आगलागी, जलेर १७ को मृत्यु, ३५ को उद्धार

एएनआई
2 months ago
12/02/2019

नयाँ दिल्ली, २९ माघ ।  दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् ।

करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि उनीहरूलाई जोगाउन नसकिएको विभागका अतुल गर्गले बताउनुभयो ।

उक्त टोलीले लगत्तै गरेको उद्धार प्रयासका कारण होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गर्न सकिएको थियो भने १७ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो ।

उद्धार टोलीले घटनास्थलबाट १३ जनाको मृत शरीर राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको मृत शरिर लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाएको छ ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर अस्पताल भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको अस्पतालको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।

आगोमा जलेर घाइते बनेका ११ जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...