सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

रामकुमार श्रेष्ठ
6 days ago
12/02/2019
bike-accident

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा दूध बोक्ने ट्यांकरले गएराति मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका २ निवासी मोटर साइकल चालक ४० वर्षीय युवराज घिमिरे र सोही ठाउँ वस्ने मोटरसाकलमा पछाडी सवार ३५ वर्षीय पिताम्बर पाठक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी लिलाराज लामिछानेले दिएको जानकारी अनुसार गएराति कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ ख ९१५८ नम्बर को दूध बोक्ने ट्यांकरले लु २८ प २०३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते दुवै जनाको डण्डाको सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ट्यांकर र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...