शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

अब विद्युतको विल मोवाईल र इमेलमा

किरण कौशल
6 months ago
12/02/2019

पाल्पा । विद्युत महशुल बुझाउन जिल्लाका गाउँ गाउँबाट सदरमुकाममा आउनुपर्ने बाध्यता हटाउने कार्यको थालनी भएको छ ।

विद्युत प्राधिकरणले जडान गरेको डिजिटल टि ओ डीे मिटर प्रविधि प्रयोगले उपभोक्ताले मोवाइल र इमेलको माध्यमबाट विद्युत महशुल तिर्न सक्ने बनाउन थालिएको हो । ग्रामिण क्षेत्रमा महशुलको काउण्टर नहुँदा उपभोक्ताहरुले ८० रुपैयाको महशुल बुझाउन ४ सय भन्दा बढी भाडा खर्च गरेर सदरमुकाम आउने गरेका थिए ।

प्रविधिको प्रयोगले उपभोक्ताले मोवाइल मै मासिक खपत युनिट पत्ता लगाएर महशुल तिर्न सक्ने व्यावस्था गरिएको छ । प्रविधीले हरेक महिना विजुलीको विल ग्राहकको मोवाइलमा एस एम एस र इमेलबाट प्राप्त हुने छ । उपभोक्ताले मोवाइल एप्स, ईसेवा र वैकहरु मार्फत विद्युत महशुल तिर्न सक्नेछन् ।

विद्युतको बिलसंगै प्राधिकरणका कर्मचारीहरुले विद्युत खपत युनिट, भोल्टेज, समस्या र ग्राहकको विवरण आउने भएका समस्याको समाधानमा समेत सहयोग पुग्ने प्राधिकरण पाल्पा वितरण प्रमुख रामु श्रेष्ठले बताए । पहिलो चरणमा प्राधिकरण पाल्पाले २५ कि भि ए भन्दा बढीको ग्राहक र दोस्रो चणमा थ्रि फेज र तेस्रो चरणमा आम उपभोक्ताको घर घरमा जडान गरिने कार्यालय प्रमुख श्रेष्ठले बताए ।

(Visited 50 times, 1 visits today)
Loading comments...