बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

बर्षा र संजोगले गरे इन्गेजमेन्ट, प्रेम दिवसमा विवाह

राजधानी समाचारदाता
6 months ago
12/02/2019

काठमाण्डौ । सात वर्ष लामो प्रेम सम्बन्ध रहेका नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् ।

प्रेम सम्बन्धलाई आउँदो फागुन २ गते प्रेम दिवसको दिन विवाहमा परिणत गर्न लागेका अभिनेता संजोग र अभिनेत्री वर्षाले इन्गेजमेन्ट गरेका हुन् । सोमबार राजधानीको एक पार्टी प्यालेसमा उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाएका हुन् ।

इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ-आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।

केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए ।

(Visited 79 times, 1 visits today)
Loading comments...