बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

बलात्कार मुद्दामा पक्राउ परेका अभियुक्त अदालतबाट फरार

दीपक ओली
6 months ago
12/02/2019

धनगढी । कैलालीको जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैलालीको लम्कीका दिल्प दमाई मंगलबार कैलाली अदालतबाट प्रहरीलाई छलेर फरार भएका हुन् ।

ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि अदालतमा लगिएको र त्यहिबाट भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले बताए ।

उनले फरार दमाईको खोजबिनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

(Visited 66 times, 1 visits today)
Loading comments...