सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

हिमपातसंगै चलेको हावाहुरीले विद्यालय भवन भत्काउँदा ८० लाखको क्षति

मिमसिहं नेपाली
6 days ago
12/02/2019

      हिमपातसंगै चलेको हावाहुरीले भत्काएको मानसरोवर माविको विद्यालय भवन । तस्विर : मिमसिहं नेपाली

हुम्ला । एक हप्तादेखि परेको हिमपातसंगै चलेको अत्याधिक हावाहुरीले जिल्लाका शैक्षिक भवनमा ठुलो क्षति पुर्याएको छ ।

शनिवारदेखि चलेको हावाहुरीले ५ वटा विद्यालयको भवन भत्काउँदा ८० लाख बराबरको क्षति पुर्याएको मान सरोवर उच्च माविका प्रधानाध्यापक अमर बहादुर शाहीले बताए ।

हिउँले छानो च्यापेको भएपनि अत्याधिक चलेको हावाहुरीले पर्खाल भत्काएर क्षति पुर्याएको मालिका माविका प्रधानाध्यापक दल बहादुर ऐडीले बताए । जिल्ला सदरमुकाम सिमकोटमा स्थापना भएको बहिरा तथा अपागं बालबालिकाको दुई तले १२ कोठे भवन भत्काउँदा कक्षा संचालन समेत बन्द भएको ब्यवस्थापन समितिका सचिब राज बहादुर शाहीले जनाएका छन् । उक्त विद्यालयको करिव १० लाख भन्दा बढिको क्षति पुगेको उनले बताए ।

लगातार चलेको हावाहुरीले मालिका माध्यामिक विद्यालयको दुई तले भवनको ४ कोठा भत्काउँदा सबै फर्निचर दराजमा क्षति पुग्दा १५ लाखको नोक्सानी भएको प्रधानाध्यापक ऐडीले जनाए ।

त्यसैगरि २०६३ सालका निर्माण भएको मानसरोवर माविको मल्टी प्रपोटका लागि निर्मित भवन भत्कीँदा ६ लाख भन्दा बढीको नोक्सानी भएको प्रधानाध्यापक शाहीले राजधानीसंग बताए । त्यसैगरी कैलाश मावि प्युसको दुई तले १० कोठे भवनलाई समेत क्षति पुर्याउँदा १० बराबरको क्षति पुगरेको शिक्षक लाल बहादुरशाहीले जनाए ।

हावाहुरीका कारण रलिगं माविको २ कोठा भत्काएर करिव ३ लाखको क्षति पुगेको छ । हावाहुरीकै कारण विद्युतका खम्बा ठाउँठाउँमा ढल्दा साविको स्याँडा ठेहे बरगाउँ र खापूनाथका करिव ८ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको स्थानियबासी गोर्ख बहादुर रोकायाले बताए ।

विद्युत सेवा अबरुद्ध हुँदा सल्लाको दियालो बालेर उज्यालो गर्न विवश भएको उनीहरुले बताएका छन् । लामो समयसम्म चलेको हावाहुरीले जिल्लाका ५ वटा स्थानिय बासीका घर भत्काएर आफ्न्तको घरमा बास बस्न बाध्य भएको शाहीले बताएका छन् । जिल्लाको नाम्खा गाउँपालिकाका विद्यालय चैत्रमा मात्र संचालन हुने भएका छन् ।

हिउँले बाटो थुनेका कारण फागुन १ गतेबाट संचालन हुने विद्यालयहरु यस बर्ष भने निक्कै ढिलागरी संचालन हुने भएको जिल्ला शिक्षा समन्वय इकाईको भनाई रहेको छ । प्रतिकुल मौसमले गर्दा जिल्ला बासीको जनजीवन निक्कै प्रभावित पारेको स्थानिय प्रशासनले जनाएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न बन क्षेत्रमा रहेका रुख ढलेर बन विनास भइ रहेको सामुदायिक बन श्रोत्तले जनाएका छन् । चिसो हावाहुरीले धारामा पानी जमेर खानेपानीको हाहारकार बढ्दै गएको स्थानिय बासी धर्मसिहं परियाले जनाएका छन् । धारामा पानी बन्द भएपछि हिउँ पगालेर पानी पिउने गरेको सिमकोट निवासी नरजित दमाई बताए । हावाहुरी चलेकाले स्थानिय घर बाहिर निस्कन समेत मुश्किल भएको दमाई बताए ।

 

(Visited 90 times, 1 visits today)
Loading comments...