मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

नेपाल ऐन संशोधान गर्ने विधेयक पारित

रासस
2 months ago
12/02/2019

काठमाडौँ । प्रतिनिधिसभाले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधान गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले संसद् गठनभएको एक वर्षभित्र नेपालको संविधानसँग बाझिने कानूनलाई संविधान अनुकूल बनाउने संवैधानिक व्यवस्था अनुरुप समितिबाट सर्वसम्मतिका आधारमा विधेयक सदनमा पेश गरिएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते शुक्रबार दिनको ३ बजे बस्नेछ ।

(Visited 48 times, 1 visits today)
Loading comments...