मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

कुटपिटको बिषयलाई लिएर विद्यालय गेटअघि विद्यार्थीको धर्ना

सन्देश सुब्बा
2 months ago
12/02/2019

पाँचथर । विद्यार्थी कुटपिटको बिषयलाई लिएर संयुक्त विद्यार्थी संगठनले मंगलबार फिदिम माध्यमिक विद्यालयको गेट अघि धर्ना दिएका छन् ।

सो विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीले कक्षा–९ विद्यार्थी रोहित राईलाई कुटपिट गरी घाइते बनाएको भन्दै प्रधानाध्यापक खत्रीको राजीनामा माँग्दै बिद्यार्थी संगठनले धर्ना दिएका हुन् ।

प्रधानाध्यापक खत्रीले रोहितलाई बिहीबार कुटपिट गरी घाइते बनाएका थिए । बेञ्च बिगारेको बिषयलाई लिएर प्रधानाध्यापक खत्रीले रोहितलाई कुटपिट गरेका थिए ।

कुटपिटपछि घाइते भएका रोहितको पाँचथर अस्पताल र झापामा उपचारपछि ल्याइसकिएको उनका अभिभावकले बताए । सोही बिषयलाई लिएर नेकपा निकट विद्यार्थी संगठन र संघीय समाजवादी बिद्यार्थी फोरम सम्मिलित संयुक्त विद्यार्थी संगठनले आइतबार राजीनामा माग्दै प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएका थिए ।

सोमबार विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, विद्यालयका शिक्षक र विद्यार्थी संगठनबीच भएको बार्ता बिना निश्कर्ष टुंगिएको थियो । वार्तामा घटनालाई सामान्य रुपमा मिलाउन खोजिएकाले निष्कर्ष ननिस्किएको विद्यार्थी नेत्री कविता चापागाईंले बताइन् । प्रधानाध्यापक खत्रीको नियतमाथि प्रश्न गर्ने प्रशस्त आधारहरु रहेकाले पदबाट राजीनामा नदिएसम्म आन्दोलन जारी रहने उनले बताइन् ।

(Visited 59 times, 1 visits today)
Loading comments...