बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

वन्यजन्तुको चोरी निकासी रोक्न आग्रह

विश्वनाथ सिम्खाडा
7 months ago
14/02/2019

कालिकोट । पछिल्लो समय जिल्लामा अत्याधिक रुपमा वन्यजन्तु चोरी निकासी बढेको भन्दै रेडपाण्डा नेटवर्कले जिल्लाका सरोकारवालाहरुलाई नियन्त्रण गर्न आग्रह गरेको छ ।
विहीबार मान्ममा एक कार्यक्रमको आयोजना गरी वन्यजन्तु चोरी निकासी रोक्न आग्रह गरेको हो ।

हिमालयन सामुदायिक स्रोत विकास केन्द र मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेकद्धारा आयोजना गरिएको सचेतना कार्यक्रमा जिल्लाको महावै गाँउपालिका र शान्नि त्रीवेणी गाँउपालिकाको लेकाली भागमा पाइने रेडपाण्डाको संरक्षणमा लाग्न आग्रह गरिएको छ ।

कार्यक्रममा यस जिल्लामा पाइने कालो बिरालो, काँडे भ्वाकुर, व्यासो, भालु, हिम चितुवा, हार्भे रहेको भन्दै विषेश गरी नेपालमै लोपोन्मुख रेडपाण्डाको संरक्षणमा लाग्नुपर्ने नेटवर्कका रेडपाण्डा संरक्षक सरोज श्रेष्टले बताए ।

उनले कर्णाली प्रदेशका दश वटै जिल्लाहरु भन्दा कालिकोट वन्यजन्तुको संख्या वढि रहेकोले यसको संंक्षणमा जुट्नु पर्नेमा जोड दिए । नेपालमा रेडपाण्डा लोभ भइरहेको वेला कालिकोटको यसको बासस्थान रहेकाले यसलाई बचाउन स्थानिय तहका जनप्रतिनिधिहरु लाई आग्रह गरे ।

हुरेन्डेकका सचिव दिलिप शाहि, पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेलगायतले संरक्षणमा जोड दिएका थिए ।

कार्यक्रमा सहभागीहरुले जिल्ला वनकार्यलय पछिल्लो समय जिल्लामा विहिन रहेको जस्तो देखिएको बताए । स्थानिय तह नहुनु भन्दा पहिले वन्यजन्तुको चोरी निकासी रोकिएको थियो, अहिले आएर वन्यजन्तुको चोरी निकासी नरोकिनु दुखद रहेको बताए ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक देवेन्द्र मल्लले वन्यजन्तुको चोरी निकासी रोक्न प्रहरीले निकै कडाई गरिरहेको बताए । कार्यक्रममा अधिकांस सहभागीले वढ्दो वन्यजन्तुको चोरी निकासी रोक्न विषेश गरी स्थानिय तहले कार्यविधि बनाएर नियन्त्रण गर्नुपर्ने बताए ।

(Visited 111 times, 1 visits today)
Loading comments...