मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

कञ्चनपुरको पुनर्बासवाट १८ किलो सुन बरामद

दीपक ओली
2 months ago
14/02/2019

धनगढी ।  प्रहरीले १८ किलोग्राम सुन बरामद गरेक‍ो छ । विशेष सुराकी अाधारमा बिहिवार कञ्चनपुरको पुनर्बास नगरपालिका २, दशरथबस्तीबाट साे सुन बरामद गरिएको हाे ।


जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले साे परिणामको सुन बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।
भारतीय सीमासँग जाेडिएकाे साे क्षेत्रमा जमिनमुनि गाडेको अवस्थामा सुन फेला परेक‍ो छ । सुन कसले, कहाँबाट ल्याएको भन्ने यकिन हुन नसकेको एसपी तिम्सिनाले बताए । उनले अनुसन्धान भइरहेकोले घटनाबारेल थप केही भन्न नमिल्ने बताए ।

प्रहरीले सुन मात्र बरामद गरेकाे जानकारी दिएपनि प्रत्यक्षदर्शीले भने प्रहरी सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको बताएका छन् ।

बरामद गरिएकाे सुन कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइदैछ ।

 

(Visited 48 times, 1 visits today)
Loading comments...