सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घनश्याम बलम्पाकी
4 days ago
14/02/2019
bike-accident

सर्लाही । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

काकडभिट्टाबाट काटमाण्डौँका लागि छुटेको ना४ख ६७३० नम्बरको बसले बा३०प २४१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौँडा उपमहानगर पालिका ९ का ४० बर्षीय बैकुण्ठमणि धितालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहिबार धिताल हेटौडाबाट जनकपुर जाने क्रममा जिल्लाको इश्वरपुर नगरपालिका वडा नम्बर १२ मा पर्ने बाँके जंगलमा दिउँसो १२ बजे दुर्घटना भएको हो ।

धितालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ भने बस र चालक नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।

(Visited 68 times, 1 visits today)
Loading comments...