दीपक ओली
4 days ago
0
सुन गाडेको ठाउँ
धनगढी । नेपाल प्रहरीले कञ्चनपुरको पुनर्वासबाट बिहीबार १८ किलोग्राम सुन बरामद गरेको छ ।
बिशेष सुराकीको आधारमा प्रहरीको टोलीले भारतीय सीमासँग जोडिएको पुनर्वास नगरपालिका २, दशरथबस्तीस्थित शंकर बिकको घरभित्र गाडिएको अवस्थामा सो सुन बरामद गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी सुदीप गिरी, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा काठमाडौंका डीएसपी रुगम कुँवर लगायतसँगै कैलाली र कञ्चनपुर जिल्लाबाट खटिएको संयुक्त टोलीले सो परिणामको सुन बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले बताए ।
उनकाअनुसार प्रहरी टोलीले बरामद गरेको सुनका १०८ वटा सिक्का रहेको र तौलदा १८ किलोग्राम पुगेको छ । संयुक्तरुपमा खटिएको प्रहरी टोलीले बिकको घरमा खानतलासी गर्दा घरभित्रको साघुँरो कोठामा गाडिएको अवस्थामा सुन भेटिएको हो । सुन गाडेको ठाउँमा बाहिर आलु लगायत अन्य सरसामान राखिएको थियो ।
बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । जमिनमुनी गाडेको अवस्थामा सुन फेला परेको हो । सुन कसले, कहाँबाट ल्यायो भन्ने बारे सोधखोज भइरहेकोले थप अरु केही भन्न नमिल्ने तिम्सिनाले बताए ।
प्रहरीले सुन मात्र बरामद गरेको जानकारी दिएपनि प्रत्यक्षदर्शीले भने सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको बताए ।
बरामद गरेको सुनको लगत लिदै प्रहरी