मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

निरन्तर १४ वर्षसम्म दिनरात बंकर बनाएपछि… (फाेटाेफिचर)

केशरमणि कटुवाल
2 months ago
14/02/2019

संसारमा विकासका काम  निरन्तर चल्छन् र चलाइन्छ । सडक, पुल, बाटोघाटो जस्ता संरचना निर्माणका लागि दिनरात नभनी काम गरेको पनि पाइन्छ । चीन, दक्षिण कोरियाजस्ता विश्वका केही देश विकासको यात्रामा प्रवेश गरेको केही दशकमै विश्वको प्रमुख अर्थतन्त्र भएका मुलुकको सूचीमा यसै पुगेका हाेइनन्, त्यहाँ अथक मेहनतको अंश छ । तर संसारमा युद्द लड्न बंकर पनि यसरी नै बनाउने शासक भने खासै पाइन्न । तर, यस्ता शासक पनि भेटिएका छन्, जसले निरन्तर १४ वर्षसम्म बंकर निर्माण गरेका थिए ।

शीत युद्धका क्रममा युरोपेली देश अल्बानियामा यसरी निरन्तर बंकर बनाउने काम त्यहाँका शासक एनभर होक्सहाले गरेका थिए । धेरैजसो बंकर सन् १९७५ देखि १९८९ को बिचमा बनेका हुन् । त्यहाँ करिब पाँच लाख बंकर रहेको अनुमान छ ।

ति मध्ये केही बंकर जीर्ण अवस्थामा छन् भने केही क्याफे, घर, रेस्टुरेन्ट, स्विमिङ पुल, अन्न भण्डार, पुल र पानी ट्यांकीका रुपमा प्रयोग भइरहेका छन् । केही दशक कम्युनिस्ट शासन रहेको यो मुलुक तत्कालीन सोभियत संघको नजिक थियो भने पश्चिमा र युरोपेली शक्तिसँग अलग बनेको थियो ।

अल्बानियाका कम्युनिस्ट शासक एनभर होक्सहाले बाहिरी शक्तिबाट सुरक्षित बन्नका लागि पुरै देशमा बंकरहरु निर्माण गरेका थिए । अल्बानियाका टुरिस्ट गाइड एल्टन काशी ठट्यौलो पारमा भन्छन्, ‘अब त यी बंकर पनि पर्यटन विस्तारको माध्यम बनेका छन् ।’

अल्बानियाको एड्रियाटिक तटबाट भित्र जाने क्रममा पाइला पाइलामा बंकर बनेको देख्न सकिन्छ । सन् १९७५ पछि यसरी बंकर निर्माणको काम सुरु गर्दा अल्बानिया बाँकी विश्वसँग करिब करिब कटेको थियो । खासगरी सोभियत संघसँग पनि सम्बन्ध खराब भएपछि एनभर होक्सहाले बंकर बनाउँन लगाएका थिए ।

शीतयुद्धका क्रममा अनिश्चितता र परमाणु युद्धको आशंकामा केही देश त्यसको सामना गर्न तयारी गरिरहेका थिए । अल्बानियाका शासक एनभर होक्सहा शीतयुद्धका समयमा बाहिरी शक्तिसँग निकै सतर्क थिए । कुनै पनि बेला युद्धको अवस्था आयो भने त्यसबाट देशमा ठूलो मानवीय क्षति हुनबाट बचाउनका लागि यी बंकर निर्माण गरिएको थियो ।

अल्बानियाको हजारौं वर्ष पुरानो इतिहास छ, यो अवस्थाको सिर्जना भएको पनि करिब ४० वर्ष भइसक्यो । तर यो अल्बानियाको हजारौं वर्ष पुरानो बिरासतका लागि भारी बनेको छ ।

अल्बानियाको एड्रियाटिक तटबाट भित्र जाने क्रममा पाइला पाइलामा बंकर बनेको देख्न सकिन्छ । सन् १९७५ पछि यसरी बंकर निर्माणको काम सुरु गर्दा अल्बानिया बाँकी विश्वसँग करिब करिब कटेको थियो । खासगरी सोभियत संघसँग पनि सम्बन्ध खराब भएपछि एनभर होक्सहाले बंकर बनाउँन लगाएका थिए ।

उनलाई छिमेमी देश युगोस्लाभियादेखि लिएर अमेरिका र सोभियत संघसम्म हरेक मुलुक आफ्ना लागि खतरा भएको सम्झन्थे । यो डर पनि उनले बंकर निर्माण गर्नुको एक कारण थियो ।

आज पनि पुरै देश बंकरमय छ । पहाडदेखि खेतसम्म, राजमार्गदेखि समुद्रको किनारसम्म बंकर भेटिन्छन् । एउटा बंकर बनाउन करिब दुई वटा बेडरुम भएको घर बनाउने बराबरको खर्च लागेको अनुमान गरिन्छ । यी सबै बंकर निर्माणका कारण अल्बानिया युरोपको सबैभन्दा गरिब देश बनेको थियो ।

यी बंकर यस्तो आर्थिक बोझका रुपमा रह्यो कि त्यो आर्थिक बोझ अहिले पनि अल्बानियाका जनताले बोक्नु परिरहेको छ । वास्तममा एनभर होक्सहाले आफ्नो देशका जनतालाई एक मन्त्र दिएका थिए–‘सधैं तयार रहनू ।’

दोस्रो विश्वयुद्धका क्रममा अल्बानियालाई इटालीको सेनाले केबल ५ दिनमा पराजित गरेको थियो । यद्यपि इटालीको यो कब्जाको विरोधमा अल्बानियाका जनताले छापामार लडाईका माध्यमबाट जारी राखेका थिए ।

युगोस्लाभिया र बेलायत–अमेरिकाको सहयोगबाट अल्बानियाका जनताले इटाली र जर्मनीका सेनामाथि हमला जारी राखेका थिए । यो छापामार लडाईको नेतृत्व होक्सहाले गरेका थिए । जसरी मित्र देशका सेनाले धुरी राष्ट्र अर्थात जर्मनी र इटालीका सेनामाथि विजय हासिल गर्ने दिशातिर अघि बढ्यो, तब अल्बानिया पनि शक्तिशाली बन्दै गयो ।

नोभेम्बर १९४४ मा अल्बानिया फाँसीवादी शक्तिबाट स्वतन्त्र हुन सफल भयो । यो जितको श्रेय जसोतसो जुटाएका ७० हजार वामपन्थी सेनालाई नै जान्छ । दोस्रो विश्वयुद्ध अन्त्य भएपछि होक्सहाले अल्बानियाको सत्ता आफ्नो हातमा लिए ।

सत्तामा आएपछि तानाशाही बनेका उनले हरेक विरोधीलाई समाप्त पारेका थिए । सुरुमा उनले सोभियत संघको खेमामा जाने निर्णय गरे । तर अरु देशसँग अल्बानियाको सम्बन्ध लगातार बिग्रिन थाल्यो ।

सन् १९४७ मा अल्बानियाले युगोस्लाभियासँग सम्बन्ध तोडियो । होक्सहाले युगोस्लाभियाका कारण जनता समाजवादतर्फ जानबाट भड्किरहेको भन्दै उनले सम्बन्ध तोड्ने निर्णय गरेका थिए । सोभियत संघमा निकिता ख्रुस्चेभ सत्तामा आएपछि उनले सम्बन्ध तोडे ।

यसपछि अल्बानिया माओत्सेतुङसँग नजिक भए । यो सम्बन्ध पनि लामो समय टिकेन । जब सन् १९७२ मा माओले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई बेइजिङ भ्रमणको निम्तो दिएपछि होक्सहाले चीनसँग पनि सम्बन्ध तोडे । सन् १९७८ मा चीनले अल्बानियाबाट आफ्ना सबै सल्लाहकार फिर्ता बोलायो ।

त्यसपछि त्यहाँका सबै गाउँ र नगरसहित देशैभरी बंकर बनाउने काम चलेको थियो । सन् १९७६ देखि सन् १९८९ सम्म दिनरात बंकर बनाउने काम चलेको थियो ।

बंकर बनाउने एक मजदुर भन्छन्, ‘म जुन ठाउँमा काम गर्थे, त्यहाँ तीन शिफ्ट हुन्थ्यो । सबै शिफ्ट ८ घन्टाका हुन्थे ।’ एक इन्जिनियरले हरेक दिन १० घन्टाका दरले काम गरेको अनुभव सुनाउँदै भने, ‘जब फर्जी एयर रेड अलार्म बज्थ्यो, तब डरको माहौल बन्थ्यो ।’ एजेन्सीको सहयोगमा

(Visited 87 times, 1 visits today)
Loading comments...