सोमवार ६ फाल्गुण, २०७५ (Monday, 18th February 2019)
६ फाल्गुण, २०७५ (18 February 2019)

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुजीतकुमार झा
4 days ago
14/02/2019

जनकपुरधाम । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा जनकपुरधाममा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम १२ स्थित मोनालिशा बोर्डिंग स्कूल अगाडी जटही सड़क खण्डबाट आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

ज १ त ७३११ नंबरको ट्याक्टरले ज ११ प २०७७ नंबरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक धनुषा धनौजी बस्ने ३५ वर्षीय मो समीम अंसारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ट्याक्टर चालक फरार भएका छन् । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 32 times, 1 visits today)
Loading comments...