आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

गोरखालीको दशौँ अधिवेशन अध्यक्षमा ढकाल

राजधानी समाचारदाता
1 month ago
17/02/2019

 

कतार– १५ फेबुअरी २०१९ का दिन गोरखा सेवा समाज कतारको दशौँ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । उक्त साधारण सभाबाट २७ सदस्य कार्य समिति चयन गरेको हो । जसको अध्यक्ष राजेश्वर ढकाल,बरिष्ठ उपाध्यक्ष राम्जी खत्री, उपाध्यक्षद्धवय ओमराज गुरुङ र ज्ञानेन्द्र न्यौपाने, महासचिव पुरुषोत्तम लामिछाने,सचिव विकाश श्रेष्ठ, सह सचिव गोर्कण भट्टराई , कोषाध्यक्ष हिक्मतदिन मियाँ , सह कोषाध्यक्ष द्धवय रनबहादुर गुरुङ र जानुथापा मगर चयन भएका छन । त्यस्तै गोरखा नगरपालीका संयोजक जुम्मादिन मियाँँ, पालुङटार नगरपालीका संयोजक विमल न्यौपाने, आरुघाट गाउँपालीका संयोजक शिशिर गुरुङ, भिम्सेनथापा गाउँपालीका संयोजक सुरेशबाबु श्रेष्ठ, शहिद लखनथापा गाउँपालीका संयोजक रेशम आलेमगर, सिरान्चोक गाउपालीका संयोजक राजेन्द्र पराजुली, सुलिकोट बारपाक गाउँपालीका संयोजक पूर्ण गुरुङ,गण्डकी गाउपालीका संयोजक नारायण पन्त चयन भए भने अजिरकोट गाउँपालीका, चुमनुम्री गाउँपालीका, घार्चे गाउँपालीका संयोजकको पदपूर्ती पछि गरिने छ ।

समाजका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको भेलामा प्रमुख अतिथि एनआरएनए आईसिसि मानार्थ परिषद सदस्य टि.बी कार्की, विशेष अतिथि समाजका संरक्षक बुधवल गुरुङ, समाजका प्रमुख सल्लाहकार सुर्दशन भट्ट , समाजका पूर्व अध्यक्ष श्रीकृष्ण भट्टराई ,एनआरएनए आईसिसि मानर्थ परिर्षद सदस्य बिलबहादुर गुरुङ , एनआरएनए आईसिसि सदस्य विमल सुवेदी , एनआरएनए आईसिसि सदस्य कुमार कार्की, एनआरएनए आईसिसि सदस्य बिनोद भट्टराई, एनआरएनए एनसिसि कतारका कार्यवहाक अध्यक्ष तेज कटुवाल ,प्रवासी नेपाली एकता मन्चका अध्यक्ष चाणक पोखरेल, नेपाली जनसम्र्पक समितिका महामन्त्रि अजिज अलि, तराई मधेश लोकत्रान्तिक मन्चका अध्यक्ष हुसेन खान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, नेपाली महिला समाजकी उपाध्यक्ष अमिना खान, नेपाली साहित्य समाज कतार च्याप्टरका उपाध्यक्ष सिताराम थापा,प्रदेश नं ५ उपाध्यक्ष ठाकुर परियार, प्रदेश नं ४ अध्यक्ष हंशराज ढकाल , प्रदेश नं.३ अध्यक्ष समिर खत्री थिए । अतिथिहरुमा कतारमा रहेका जिल्लासंस्थाहरु, ब्यवसायी, पत्रकार र कलाकारहरुको उपस्थिती रहेको थियो ।

नेपाली महिला समाजकी उपाध्यक्ष अमिना खानले समाजले गरेका हरेक कार्यहरु प्रसंसागर्दै ,कतारमा रहेका समाजिक संघ संस्थाहरुले पनि पथ पछ्याउनु पर्ने बताईन ,उनले निर्वतमान कार्यसमिति र र्वतमान कार्यसमितिलाई बधाई दिदै , सहकार्यको लागि महिला समाज सदैव तयार रहेको जानकारी दिईन ।
कार्यक्रमा बोल्दै बक्ताहरुले गोरखा सेवा समाज कतारले स्थापना गरेको अक्षयकोषको खुलेर प्रसंसा गरेका थिए । उनीहरुले समाजिक गरेको गतिविधिहरुको मुक्तकण्ठले प्रसंसा गर्दै निर्वतमान कार्यसमिति र बर्तमान कार्य समितिलाई शुभकामना दिए ।

प्रमुख अतिथि टिबि कार्कीले समाजले गरेको कार्यको प्रसंसा गर्दै अब आउने नेतृत्वलाई अवसर र चुनौति दुवै रहेको जीकिर गरे । उनले कतारमा रहेका राजनैतिक, समाजीक संघसंस्थार ब्यवसायीहरुले अब नेपालमा कुनै ठुलो लगानी नगर्ने हो भने हामीलाई राज्यले हेर्ने दृष्टिकोणमा डोरी लाउरे बाट माथी नठ्ने जानकारी दिए । उनले अब बन्ने नेतृत्व र कतारमा रहेका संघसंस्थाहरुले लगानिमा जोडदिन आग्रह गर्दै, सहकार्य र सहयोगको लागि आफु सदैव तयार रहेको बताए । कार्यक्रमका सभापति राकेश श्रेष्ठले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अव आउने कार्यसमितिहरुलाई साथ र सहयोग गर्न आग्रह गरे ।

। कार्यक्रममा समाजको विभिन्न गतिविधिहरुमा सहयोग गर्ने सबैलाई सम्मान तथा प्रसंसा प्रदान गरिएको थियो । कार्यक्रमको संचालन महासचवि ओमराज गुरुङ ,स्वागत मन्तब्य राम्जी खत्रीले राखेका थिए भने, लोकदोहोरी गायक रंजित परियारले सांगितिक प्रस्तुती प्रस्केर सबैलाई नचाएका थिए ।
स्मरण रहोस गोरखा सेवा समाज कतारले आफ्नो जिल्लामा रु.२५ लाखको अक्षयकोष स्थापना , साउदीको जेलमा कुमार राना बचाउ गरेको छ । साउदीमा कार्यरत कुमार रानालाई कुमार राना बचाउ अभियानलाई अगाडी बढाउदै रु. १लाख ९० हजार, गोखास्थीत मानव सेवा आमश्रको बालबालिकाहरुको सहयोगार्थ रु २ लाख सहयोग गर्नुको साथै कतारमा रहेका समाजिक संघ संस्थाहरुसंग सहयर्का गर्दै कतारमा समस्या परेका नेपालीहरुको सहयोगको लागि भूमीका निभाउदै आएको छ, त्यसको अलवा नेपाली दुतावास र एनआरएनए एनसिसिसंग समन्वय गर्दै ब्लड डोनेसन, टार्फिक अर्वारनेश, फ्रेण्ड्ली परेड कार्यक्रहरुमा सहभागि जनाउदै आएको थियो ।

(Visited 46 times, 1 visits today)
Loading comments...