आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

इन्फिनिटी माइक्रोफाइनान्सको ६ लाख ७४ कित्ता आइपिओ आउने

राजधानी समाचारदाता
3 months ago
18/02/2019

काठमाडौं । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आइपीओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउने संस्थाले जनाएको छ । इन्फिनिटीकोे आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा १ करोड ८३ लाख २ हजार रुपैयाँ छ । दोस्रो त्रैमाससम्म ३९ करोड ४० लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १८ करोड ७९ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

(Visited 30 times, 1 visits today)
Loading comments...