शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

साँच्चै नै देश बनाउने हो ?

सागर पण्डित
1 month ago
19/02/2019

सागर पण्डित

पछिल्लो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको घुस प्रकरण सार्वजनिक भएपछि यो प्रकरण सुशासनका पक्षधरहरूका लागि गम्भीर चिन्ता र चासोको विषय बन्न पुग्यो । सर्वत्र प्रश्न व्यक्त भइरहेको छ, पाठकले राजीनामा दिँदैमा के अब उनले उन्मुक्ति पाउलान् ? घुस लिएको आरोप लागेका उनीमाथि कानुनी कारबाही हुँदैन ? सर्वत्र यस्तै प्रश्न उठिरहेका अवस्थामा स्वयं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्व र सरकारी पक्षले उनीमाथि केकस्तो कदम चाल्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

मुलुकमा सुशासन कायम गराउने र भ्रष्टाचार गर्नेविरुद्ध छानबिन गरी मुद्दा चलाउने निकायमा रहेका व्यक्ति नै घुस प्रकरणमा मुछिएको तथ्य सार्वजनिक हुनु मुलुकका लागि ठूलो दुर्भाग्य नै हो । पाठक प्रकरण पटाक्षेप भइरहँदा हिजोका दिनमा उनको नियुक्ति र त्यस्तै अन्य ठाउँमा भएका राजनीतिक नियुक्तिको प्रवृत्तिलाई राम्ररी नियाल्न जरुरी छ ।
अहिले पनि मुलुकका कैयौं महŒवपूर्ण निकायमा पाठक प्रवृत्तिकै व्यक्तिहरूको हालीमुहाली छ । निजामती क्षेत्रमा पनि कैयौं व्यक्ति पाठकले जसरी नै मोजमस्ती गरिरहेका छन् । तर, सरकार त्यस्ता गलत व्यक्तिको पहिचान गर्न असफल भइरहेको छ । कम्मल ओडेर घिउ खाने प्रवृत्ति सरकारका विभिन्न निकायमा अत्यधिक छ । त्यस्तो प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसक्दासम्म सरकारले राखेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा हुन सक्दैन ।

यदि मुलुक बनाउने हो र नागरिकलाई समृद्ध बनाउने हो भने सरकारले वास्तविक रूपमा नै सुशासन कायम गराउन सक्नुपर्छ । प्रधानमन्त्री ओलीले सुशासनको भाषण गर्दै हिँड्नुभन्दा पनि व्यवहारमा नै सुशासन कायम गराउने गरी महŒवपूर्ण कार्यक्रमहरू लागू गर्न सक्नुपर्छ । अहिले पनि कैयांै सरकारी कार्यालयमा खुलेआम भ्रष्टाचार भइरहेको छ । अख्तियारकै पछिल्लो अध्ययनले भ्रष्टाचार भइरहेका सरकारी कार्यालयको पहिचानसमेत गरेको छ । अख्तियारले पहिचान गरेका भ्रष्टाचार हुने कार्यालयबाटै सुशासनको अभियान थाल्न सक्नुपर्छ ।

सबैभन्दा गम्भीर विषय त केहो भने अख्तियारजस्ता महŒवपूर्ण संवैधानिक निकायमा गरिने नियुक्ति नै अपारदर्शी र चलखेलका आधारमा गर्ने परम्परा रहँदै आयो । हिजोका दिनमा अख्तियारलगायतका निकायमा नियुक्ति लिन विभिन्न व्यक्तिहरू ठूलाठूला नेताकहाँ ब्रिफकेस नै लिएर गए । सुशासन कायम गराउने निकायमा नियुक्ति हुने प्रमुख आधार नै पैसा र पहँुचलाई बनाउने गरिएको तीतो यथार्थ हामी सामु छ । हाम्रो राजनीतिक नेतृत्वले पैसा र प्रलोभनका आधारमा त्यस्तो पवित्र स्थानमा अमृत वृक्ष रोप्न छोडेर विष वृक्ष रोप्न पुगे । त्यही विषको प्रभावले सुशासन निमोठिन पुगेको हो । कुशासनका जालाहरू यति धेरै बटारिएका छन् कि सानोतिनो प्रयासले ती जालाहरू तोड्न जोसुकैलाई पनि निकै कठिन छ । फेरि नेताहरूलाई ब्रिफकेस चढाएर सरकारका महŒवपूर्ण निकायमा पुगेकाहरू प्रभावकारी रूपमा काम गर्नभन्दा पनि आफूले चढाएको रकम उठाउनमा नै केन्द्रित हुने गरेका छन् । सम्भवतः पाठकको प्रकरणमा पनि त्यही भएको हो ।

 

 

कमीकमजोरीहरू पनि सच्याउ“दै अघि बढ्न सकेमा सबै व्यक्तिमा एकाएक सकारात्मक सोचको विकास पनि हुन सक्छ । शासक र धेरै नागरिकमा सकारात्मक सोच र राष्ट्रप्रतिको कर्तव्यबोधको विकास गर्न सकियो भने मुलुकले विकासको का“चुली फेर्न धेरै समय लाग्दैन

 

 

पाठकभन्दा पहिलाका पदाधिकारीहरू पनि त्यसरी नै नियुक्त भएका थिए र त्यसरी नै करोडांै रुपैयाँ उठाउनमा व्यस्त भए । तर, उनीहरूको पालामा त्यस्ता बदमासी प्रकरण सार्वजनिक हुन सकेनन् । त्यसैले, अख्तियारले अब गर्ने छानबिनमा पाठकलाई मात्रै होइन, त्यसअघिका केही विवादास्पद पदाधिकारीहरूलाई पनि सँगसँगै छानबिनको घेरामा ल्याउन सक्नुपर्छ । मुलुकमा सुशासन कायम गर्ने हो भने प्रधानमन्त्री र मन्त्रीहरू पूर्ण रूपमा सच्चिएर भ्रष्टाचार र भ्रष्टाचारीमाथि निर्मम कारबाहीमा उत्रिन सक्नुपर्छ । मुलुकका सबै निकायमा हुने नियुक्ति प्रक्रिया पनि योग्यता र दक्षताका आधारमा स्पष्ट मापदण्ड बनाएर गरिनुपर्छ । त्यसैले, शासकहरू सच्चिनैपर्छ ।

सुशासन र विकास कायम गर्ने प्रमुख दायित्व सरकारको हो तर यसो भनिरहँदा हामी सबै नागरिकको पनि सुशासन र विकास गर्नका लागि कुनै भूमिका छैन भन्ने सोच्नु मुर्खता सिवाय अरू केही होइन । हामी सधैं सरकारी पक्षलाई धारेहात लगाएर भक्कुमार आलोचना गर्नकै लागि समय व्यतीत गरिरहेका छांै । हामी नागरिकहरू पनि सुशासन कायम गराउने विषयमा जिम्मेवार बन्न कहिल्यै सकेनांै । भ्रष्टाचारीहरू जेल जीवन कटाएर बाहिर निस्कदा मोटा मालाहरूले स्वागत गरेर बहादुरी देखाउने हामी नै हौं ।

कुनै साना विषयमा पनि संसार नै खसेजस्तो गरी आलोचना गर्न हामी माहिर छौं । सिर्जना र स्वस्थ आलोचनामा हाम्रो ध्यान कहिल्यै पनि गएन । त्यसैले, बिनायोजना र तर्क फतुरका आरोप लगाउनेहरू पनि सच्चिनैपर्छ । अरूलाई दोषारोपण गरिरहँदा आफू कुन धरातल र अवस्थामा छु भन्ने कुरा राम्ररी हेक्का गर्नुपर्छ । अहिले सबै क्षेत्रमा माफिया र तस्करहरूको बिगबिगी छ । राम्रो काम गर्न खोज्नेहरू त्यस्ता गलत धन्दामा रमाउने र धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्तिका व्यक्तिहरूबाट घेराबन्दीमा पर्ने गरेका छन् । तर, राम्रा काम गर्नेहरू त्यस्ता घेराबन्दीसँग इमानदारितापूर्वक जुध्न सक्नुपर्छ । किनकि, ढिलो चाडो विजय हुने त सत्यकै हो । असत्यमा रमाउनेहरू, षड्यन्त्र बुन्नेहरू अन्ततः पतन हुने निश्चित छ ।

अहिले नेपालमा नकारात्मक सोच भएका व्यक्तिहरूको जमात यसरी बढेको छ कि मुलुकको विकास , प्रगति र समृद्धि तिनै नकारात्मक सोच भएका झुण्डहरूका कारण रोकिन सक्ने सम्भावना पनि उतिकै छ । त्यसैले, त्यस्ता नकारात्मक सोच भएका व्यक्तिहरूका लागि सकारात्मक सोच दिने पाठशाला नै स्थापना गर्नुपर्ने आवश्यकता पनि पर्न सक्छ । दलहरू यसरी हाबी भएका छन् कि ती दलका कार्यकर्ताहरूमा अन्धभक्तता बढाउन पनि दलहरू सफल भएका छन् । आफू निकटको दलले जस्तोसुकै खराब काम गर्दा पनि राम्रो भन्ने तर आफु इतरको दलले जस्तोसुकै राम्रो काम गर्दा पनि नराम्रो भनेर विरोध गर्ने कार्यकर्ताको प्रवृत्ति पनि समग्र मुलुकका लागि घातक प्रवृत्ति हो । सबै नेपाली र विशेष गरी युवावर्गले अब निस्पक्ष भएर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने सोचको विकास गर्नै पर्छ । नागरिकहरू निस्पक्षताको कसीमा उभिन सक्नुपर्छ भने राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुन सक्नुपर्छ ।

 

 

 

कुनै साना विषयमा पनि संसार नै खसेजस्तो गरी आलोचना गर्न हामी माहिर छौं । सिर्जना र स्वस्थ आलोचनामा हाम्रो ध्यान कहिल्यै पनि गएन । त्यसैले, बिनायोजना र तर्क फतुरका आरोप लगाउनेहरू पनि सच्चिनैपर्छ । अरुलाई दोषारोपण गरिरह“दा आफू कुन धरातल र अवस्थामा छु भन्ने कुरा राम्ररी हेक्का गर्नुपर्छ

 

त्यसैले, यदि साच्चै नै मुलुकमा सुशासन कायम गरी मुलुकलाई विकास र समृद्ध बनाउने हो भने शासनको बागडोर सम्हालेका प्रमुख व्यक्तिहरू सच्चिनुको विकल्प छैन । त्यसका साथसाथै आमनागरिक समाज र सर्वसाधारण जनताहरूले पनि आफंैबाट सुधारको थालनी गर्न सक्नुपर्छ ।
सुुधार खोज्नेहरू आफंैबाट सुधारको थालनी गर्नुपर्छ । अन्य व्यक्ति तथा पक्षलाई आलोचना गर्नेहरूले आफूमा रहेका कमीकमजोरीहरू पनि सच्याउँदै अघि बढ्न सकेमा सबै व्यक्तिमा एकाएक सकारात्मक सोचको विकास पनि हुन सक्छ । शासक र धेरै नागरिकमा सकारात्मक सोच र राष्ट्रप्रतिको कर्तव्यबोधको विकास गर्न सकियो भने मुलुकले विकासको काँचुली फेर्न धेरै समय लाग्दैन ।

 

(Visited 55 times, 1 visits today)
Loading comments...