शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

गीता : विश्वको पहिलो मनोचिकित्सा

ओम बानियाँ 
1 month ago
19/02/2019

 

ओम बानियाँ 

 

शरीरको चोट देखिन्छ तर मनको चोट देखिँदैन । चोट लागेपछि, घाउ बनेपछि दुख्छ । तर, शरीरको चोटले भन्दा मनको चोटले मानिसलाई असैह्य पीडा दिन्छ । मनमा बर्जिएको गहिरो चोटले मानिसलाई मानसिक रूपमा बिकलांग बनाउन सक्छ । तर, भिडभाड, भागदौड र गलाकाट प्रतिस्पर्धाको आधुनिक युगमा हरेक मानिसले धेरै थोरै यस्ता चोटको सामना गर्नु नै पर्छ । शरीरका चोटको पीडाजस्तै मनका चोटको पीडा पनि सहनु नै पर्छ । त्यसैले, मानिसको मन कुनै न कुनै मानसिक चोटले अशान्त र बेचैन छ ।

यस्ता समस्याबाट छुटकारा दिलाउन विश्व स्वास्थ्य क्षेत्र लागिरहेको छ । मानसिक रोगको उपचारका लागि खर्बौं रकम खर्च भइरहेको छ । विभिन्न उपचार पद्धतिको विकास भएको छ । तर, मानिसको पीडा भने झनै बढेर गएको छ । मानसिक समस्याको बजारीकरणका कारण नै यस्तो स्थिति सिर्जना भएको हो ।

मानसिक समस्या पहिलेदेखि नै थियो । महाभारत लडाइँका बेला अर्जुनसमेत मानसिक पीडाग्रस्त थिए । श्रीमद्भगवत् गीतामा यो कुरा उल्लेख छ । गीताको आरम्भिक दृश्यमा अर्जुन सेता घोडाको रथमा गाण्डिव धनुष लिएर उभिएका छन् । सामरिक उत्साहले निकै परिपूर्ण पनि छन् । उनको आ“खामा विजयको चमक र अनुहारमा हौसला छ । आत्मविश्वासले भरिएका अर्जुनले देवदत्त नामक शंख बजाएर युद्धको घोषणा गर्छन् । शंखध्वनिस“गै सारा युद्धक्षेत्र थरर्र थर्कन्छ । उनले अदम्य साहसका साथ श्रीकृष्णलाई रथ दुई सेनाको बीचमा खडा गर्न अनुरोध गर्छन् । तर, उक्त रथ दुई सेनाबीचमा पुग्दा अर्जुन एकाएक घबराउ“छन्, हतास, उदास र खिन्न हुन्छन् ।

 

 

अर्जुनले भनेका नै छन् : ‘केशव !  मेरा अंगहरू शिथिल हुँदै गएका छन् । मेरो मुख सुकेको छ । शरीर कापेको छ । मेरो हातबाट गाण्डिव छुट्न लागेको छ । म उभिन पनि नसक्ने भएको छु ।’

 

 

मनोविज्ञानको भाषामा अर्जुनमा देखिएको यो एनजाइटी वा डिप्रेसन थियो । आधुनिक मनोविज्ञानअनुसार बेचैनी, निस्क्रियता, थकान, ऊर्जाहीनता, हातखुट्टा सुन्न हुनु, पसिना आउनु, कम्पनजस्ता लक्षणलाई एनजाइटी तथा डिप्रेसन भन्ने गरिन्छ । अर्जुनले भनेकै छन् ः ‘केशव † मेरा अंगहरू शिथिल ह“ुदै गएका छन् । मेरो मुख सुकेको छ । शरीर कापेको छ । मेरो हातबाट गाण्डिव छुट्न लागेको छ । म उभिन पनि नसक्ने भएको छु ।’ अनि अर्जुन शोकले उद्बिघ्न भई धनुष राखेर रथको पछाडि गएर बस्छन् ।

मनोविज्ञानअनुसार यस्तो स्थितिमा मानिसको सोच तथा समझ विकृत हुन्छ । बुद्धिले ठीक ढंगसँग काम गर्दैन । अनि विचारले मानिसलाई गलत दिशातिर लान्छ । ठीक यसरी नै अर्जुन पनि गलत दिशामा गएका छन् । हे केशव † मैले सबै कुरा उल्टो देखिरहेको छु । आफन्तलाई मारेर हाम्रो कुनै लाभ तथा कल्याण हुनेवाला छैन । अर्जुनको यस भनाइबाट उनलाई सम्पूर्ण युद्ध निरर्थक लागिरहेको छ । मनोविज्ञानको भाषामा यो ‘सेन्स अफ होपलेसनेस’ को लक्षण हो ।

अर्जुनको कुरालाई गम्भीर रूपमा हेर्ने हो भने उनी अत्यधिक चिन्ता, घोर निराशा, अनिर्णयको बन्दी भएको र उनको फोकस नकारात्मक दिशामा गएको देखिन्छ । उनलाई आफन्तसँग युद्ध गर्नुभन्दा आफू मर्न बढी श्रेयस्कर लागेको छ । यसले आत्महत्याको संकेत गर्छ । यो नै सबै एनजाइटी डिसअर्डर तथा डिप्रेसन हो ।

 

गीता एक अद्भुत मनोविज्ञान हो । यो मनको उपचारको पूर्ण विज्ञान हो । गीता विश्वको पहिलो मनोचिकित्सा हो र श्रीकृष्ण विश्वको पहिलो मनोचिकित्सक

 

 

 

अतः परिस्थितिलाई हेर्ने दृष्टिकोणले मानिसलाई कसरी प्रभाव पार्छ र मानिसमा मानसिक समस्या देखा पर्छ भन्ने यो एक सशक्त उदाहरण हो । यहाँ मननीय कुरा के भने मानिस परिस्थितिले भन्दा पनि मनस्थितिले दुःखित हुने गर्छ । वास्तवमा मानसिक समस्याको जड भनेको नै परिस्थिति होइन, परिस्थितिलाई हेर्ने मानिसको दृष्टिकोण हो । यदि मानिसको मनस्थिति मजबुत छ भने जस्तोसुकै परिस्थितिमा पनि उसले विजय प्राप्त गर्न सक्छ । यदि मनस्थिति कमजोर छ भने ससानो परिस्थितिबाट पनि मानिस विचलित हुने गर्छ । अतः परिस्थितिलाई होइन, मनस्थिति परिर्वतन गर्नुहोस् । सकारात्मक मनस्थितिले नै सकारात्मक परिस्थिति सिर्जना गर्छ ।

कग्निटिभ साइकोथेरापीका पिता मानिने डा. अरुण बैकले पनि यही भनेका छन् । बैकको यस सिद्धान्तले भन्छ, मानसिक समस्यामा अल्झिएको व्यक्तिले हरेक कुरालाई केवल नकारात्मक दृष्टिले हेर्ने गर्छ । उसले स्वयं आफ्नो, भूत, वर्तमान र भविष्यको विषयमा गलत वा उल्टो विचार राख्ने गर्छ । ठीक यसरी नै गीताको आरम्भिक चरणमा अर्जुन यस्तै नकारात्मकतामा अल्झिएको पाइन्छ ।

बैक साइकोथेरापी मानसिक विकारहरू (मेन्टल डिसअर्डर) तथा व्यथाहरू (डिस्टे«स) को मूल कारण प्रतिकूल वा नकारात्मक भावना (नेगेटिभ फिलिङ्स) हो भन्ने मान्यतामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान (कग्निसन) तथा चिन्तनले नै मानसिक रोग पैदा गर्छ । त्यसैले, मानसिक रोग ठीक गर्नका लागि रोगीको मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावनाहरू परिवर्तन गर्न आवश्यक पर्छ । कग्निटिभ बिहेभियर थेरापीमा विभिन्न कग्निटिभ टेक्निकको सहायताबाट रोगीको संज्ञानात्मक पुनःसंरचना गर्ने कार्य गरिन्छ, जसले गर्दा रोगीको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भई व्यवहार समायोजित हुन पुग्छ ।

श्रीकृष्ण एक अलौकिक मनोवैज्ञानिक थिए । उनले अर्जुनलाई परिस्थितिबाट भाग्न होइन, परिस्थितिलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी परिस्थितिको सामना गर्न सिकाए । अहिलेको मनोचिकित्साले गर्ने पनि यही त हो । अतः वास्तवमा गीता एक अद्भूत मनोविज्ञान हो । यो मनको उपचारको पूर्ण विज्ञान हो । गीता विश्वको पहिलो मनोचिकित्सा हो र श्रीकृष्ण विश्वको पहिलो मनोचिकित्सक ।

 

 

 

 

 

(Visited 197 times, 1 visits today)
Loading comments...