आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

ब्याजदर घटाउने वार्ता निष्कर्षविहीन

राजधानी समाचारदाता
3 months ago
19/02/2019

 

काठमाडौं ।  आन्दोलतरत व्यवसायी र सरकारबीच बैंकको ब्याजदर घटाउने विषयमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ताले कति ब्याजदर घटाउने भन्ने विषयमा निर्णय लिन नसकेपछि  निष्कर्षविहीन भएको हो ।

बैंकहरूले ब्याजदर घटाउने विषयमा अर्थ मन्त्री डा. युवराज खतिवडासँग समय मागेपछि सोमबार ब्याज घटाउने विषयमा छलफल भएको हो । बैठकमा विभिन्न ठेक्काको बाँकी रकम भुक्तानी गर्ने, पुनर्कर्जाको व्यवस्था गर्ने, उत्पादनमूलक उद्योगलाई ब्याजदर कम गर्ने विषयमा अर्थमन्त्री खतिवडा सकारात्मक भएका थिए ।

अर्थमन्त्रीले सोहीअनुसार राष्ट्रबैंकलाई निर्देशन दिएपछि गर्भनर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिको समीक्षा भइरहेकाले आधिकारिक निर्णय सार्वजनिक गर्ने बताएका छन् । उनले उत्पादनमूलक उद्योगका लागि केही मात्रामा ब्याजदर घटाउने धारणा पनि राखेका थिए ।

बैंकले लिने चर्को ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालदेखि अर्थमन्त्री डा. खतिवडाको प्रयास असफल भएपछि नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष समस्या लिएर पुगेका थिए । महासंघले १५ दिने अल्टिमेटम दिएर ब्याजदर घटाउन बैंकहरूलाई दबाब दिँदा पनि सुधार नभएपछि उनीहरू प्रधानमन्त्री ओलीसम्म पुगेका थिए ।

७ प्रतिशत ब्याजदर तय गरेर ऋण दिएका बैंकले १४ प्रतिशतसम्म पु¥याएको भन्दै उद्योगी व्यवसायी आक्रोसित भएका छन् । मोरङ, रूपन्देही र सुर्खेतलगायतका आन्दोलित व्यवसायीलाई महासंघले साथ दिएको छ । प्रधानमन्त्री ओलीसँग शनिबार भएको भेटमा व्यवसायीसँग बैंकहरूले लिँदै आएको चर्को ब्याजदर घटाउन  प्रयास थाल्न निर्देशन दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा प्रधानमन्त्रीले उत्पादनमूलक उद्योगलाई दिने कर्जाको ब्याज सस्तो हुनुपर्ने बताउँदै यसलाई घटाउन  पहल थाल्न अर्थमन्त्री डा. खतिवडा र गभर्नर डा. नेपाललाई निर्देशन दिएका थिए ।

(Visited 32 times, 1 visits today)
Loading comments...