शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

शहीद परिवारलाई अक्षय कुमारको पाँच करोड सहयोग

एजेन्सी
1 month ago
19/02/2019

 

मुम्बई । भारतको पुलवामा आतंककारी हमलामा ज्यान गुमाएका सैनिकका परिवारलाई बलिउड सिनेकर्मीले धमाधम आर्थिक सहयोग गरिरहेका छन् । प्र्रत्येक शहीद परिवारलाई ५ लाख रुपैयाँका दरले अभिनेता अमिताभ बच्चनले सहयोग प्रदान गरेका छन् । अर्का अभिनेता अक्षय कुमारले सबैभन्दा ठूलो धनराशि सहयोग गरेका छन् ।

अभिनेता अक्षयले समग्र्र्र्र्र्रमा शहीद परिवारलाई ५ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

यस्तो अवस्थामा सैनिक परिवारलाई सहयोग गर्न उनले आह्वान पनि गरेका छन् । सैनिकमाथि हमला गर्नेहरूप्र्रति अभिनेता अक्षयले ट्वीट गर्दै आक्रोशसमेत पोखेका छन् ।

अमिताभ र अक्षय कुमार मात्र हैन, बलिउडका विभिन्न कलाकारहरूले पनि शहीद परिवारलाई सहयोग गरेका छन् । तर, उनीहरूले सहयोग रकम खुलाएका छैनन् । यसरी शहीद परिवारलाई सहयोग गर्ने बलिउड कलाकारमा अभिनेता सलमान खान, दिलजित दोसांझ, गायक कैलाश खेरलगायत रहेका छन् । केही कलाकारले यो हमलापछि पाकिस्ताको टीकाटिप्पणी गरेका छन् ।

(Visited 116 times, 1 visits today)
Loading comments...