आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

दुतिया बलात्कार : घाँटी थिचेर मारे, उखुको पात जम्मा गरेर आगो लगाए

राजधानी समाचारदाता
3 months ago
19/02/2019

काठमाडौ । धनुषाको मिथिला– ३, मगर टोलमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको बलात्कारपछि हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।

‘हाम्ली डन’ भनेर चिनिने निरज जर्घामगरले बलात्कारपछि हत्या गरेको प्रहरीले बताएको छ । गएको फागुन २ गते उखुबारीमा नग्न अवस्थामा जलेको शव फेला परेको थियो । पक्राउ परेका मगरले प्रहरीलाई दिएको बयान अनुसार मगरको मामाघर मिथिला–३ मा इन्द्रबुर्जा मगरको छोरीको विवाह भोज थियो । भोजमा मृतक बालिकालाई पनि निम्तो थियो ।

भोजपछि नाँचगान भईरहेको बेला बिजुलीको लाइन जान्छ । नाँचगानमा सहभागीहरु यताउता लाग्छन् । त्यहिवेला मगर दुतियालाई नजिकैकको किराना पसलमा लगेर फ्रुटि किनिदिन्छन् । मगरले प्रहरीलाई दिएको बयान अनुसार अलि पर उखुवारीभित्र लगेर बलात्कार गर्छन् र अरुले थाहा नपाउन् भन्दै घाँटी थिचेर मारिदिन्छन् । अन्तिममा उखुको सुकेको पात र बालिकाकाले लगाएको लुगा जम्मा पारेर आगो लगाइदिन्छन् ।

(Visited 53 times, 1 visits today)
Loading comments...