सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

मेनुका भन्छिन् ‘अर्को वर्ष सारेगमपको उपाधी जित्छु’

राजधानी समाचारदाता
1 month ago
19/02/2019

काठमाडौँ । टेलिभिजन रियालिटी शोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् मेनुका पौडेल । नेपाल आइडलको पहिलो संस्करणकी प्रतिस्पर्धी हुन् । नेपाल आइडलमा हुँदा जजहरुको मन जित्न सफल भएकी मेनुका टप ११ बाट आउट हुन पुगिन् ।

तर, उनको सांगीतिक क्षेत्रको लगाव र झुकावमा भने कमि आएन । बरु झनै तिखारिँदै खारिँदै आफ्नो पहिचान भारतसम्म पुराउन सफल भइन् । भारतीय टेलिभिजन रियालिटी शो सारेगमपमा उनले आफ्नो उच्च क्षमता देखाएर तारिफ र प्रशंसा बटुलिन् ।

नेपाल आइडलको टप ११ बाट बाहिरिएकी उनी सारेगमपको पनि टप ११ बाटै आउट भइन् । र पनि उनी हार मानेकी छैनन् । भन्छिन् ‘अर्को वर्ष जित्नेगरी तयारी गर्दैछु ।’

(Visited 44 times, 1 visits today)
Loading comments...