शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जनाको अवस्था गम्भीर

सुबास आचार्य
1 month ago
19/02/2019
bike-accident

ताप्लेजुङ । सदरमुकम फुङ्लिङमा मंगलवार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।

मोटरसाइकलमा सवार इलाम घर भइ सिचाँई कार्यालय ताप्लेजुङमा कार्यरत अन्दाजी २३ वर्षीय सृजना गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक ताप्लेजुङ जिल्ला पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङ निवासी अन्दाजी २५ बर्षका अमिर बर्देवा गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सृजना मोटरसाइकलको पछाडि बसेकी थिईन् । अमिरले चलाएको मोटरसाइकल तमोर एफएमको अगाडिबाट अनियन्त्रित भइ करिव २० फिट तल सडकमा खसेको थियो । अमिर फुङ्लिङको तोक्मेडाँडामा सञ्चालित अमिर कला केन्द्रका डान्स सेन्टरका प्रोपाइटर हुन् । चिन्तानजनक अवस्थामा रहेका अमिरलाई थप उपचारका लागि झापातर्फ लगिएको छ ।

(Visited 37 times, 1 visits today)
Loading comments...