बिहिवार १ कार्तिक, २०७५ (Thursday, 18th October 2018)
१ कार्तिक, २०७५ (18 October 2018)

कराँते उद्घाटन

2 years ago

काठमाडौं÷रास– सुनाकोठी इन्टरनेसनल क्योकुसिनकाई कराँते डोको शनिबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत बीके श्रीपालीले कराँते डोको एक कार्यक्रमबीच विधिवत् उद्घाटन गरे । पाँचौं डान महेन्द्र महर्जन प्रशिक्षक रहेको कराँते डोमा हाल २० खेलाडी रहेका छन् । उद्घाटनका अवसरमा खेलाडी, प्रशिक्षकलगायतले आकर्षक डेमोन्सट्रेसन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले गाउँगाउँमा खेलकुदको पूर्वाधार निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने आफ्नो उद्देश्यलाई व्यवहारमा उतार्न चाहेको बताए ।