सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

रुद्र सुवेदी
1 month ago
20/02/2019

नेपालगन्ज । डोल्पा काईके गाउँपालिका–२ सहताराकी ४० वर्षीया शान्ति बुढाको प्रसव समस्या जटिल भएपछि हेलिकोप्टरबाट उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको छ ।

मंगलबार बिहान घरमै छोरा जन्माएकी बुढाको साल खस्न नसकी अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि महिला बालबालिका तथा सामाजिक विकास मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर ल्याइएको बुढाका श्रीमान् तेजेन्द्रबहादुर बुढाले जानकारी दिए । बुढा सो वडाको वडाध्यक्षसमेत हुन् ।

पाँचौं सन्तानका रूपमा छोरा जन्माएकी बुढाले समयभन्दा एक महिनाअगावै बच्चा जन्माएपछि अत्यधिक रक्तस्राव भएर समस्या भएको हो । ‘समयभन्दा एक महिनाअगावै बेथा लाग्यो, स्थानीय स्वास्थ्य केन्द्रमा पनि लान भ्याइएन,’ बुढाले भने । मंगलबार बिहान ७ बजे छोरा जन्मिए पनि साल नखसेपछि समस्या भएर स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत कोहलपुर ल्याइएको हो ।

उनले घरमा रक्तस्राव हुन थालेपछि साढे १२ बजे स्थानीय काइके स्वास्थ्य केन्द्रमा पु¥याएको बताए । स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज ल्याइएको हो । हेलिकोप्टरले ४ बजे काइकेबाट बिरामी लिएर कोहलपुर आएको थियो ।

नियमित स्वास्थ्य जाँच गराइरहेकी बुढाको स्वास्थ्य केन्द्रले दिएको सुत्केरी हुने समयभन्दा एक महिनाअगावै सुत्केरी भएका कारण घरमै सुत्केरी भएको शान्तिका श्रीमान् तेजेन्द्रले बताए । उनले हुम्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लैजानका लागि पहल गरिएको भए पनि समय अभावका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको बताए । बिरामीको अवस्था अत्यन्तै जटिल रहेको छ ।

 

(Visited 25 times, 1 visits today)
Loading comments...