आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

एक साँझको तयारीमा गायक नरेन्द्र प्यासी 

राजधानी समाचारदाता
3 months ago
20/02/2019

काठमाडौं । अग्र्र्र्रज गायक नरेन्द्र्र प्यासी मंगलबार दिउँसो काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानका अभ्यास कक्षमा करिब एक दर्जन वाद्यवादनसाथ ‘तिमीले दिने माया अजम्बरी छ भने…’ गाउँदै थिए । त्यसपछि एक घण्टाभन्दा लामो समयको बसाइमा उनले प्र्रत्यक्ष वाद्यवादनमा आठवटा गीत गाए । सांस्कृतिक संस्थान (राष्ट्रय नाचघर)ले सुगम संगीतको प्रवर्धन गर्ने उद्देश्यले यही ९ फागुन बिहीबार अग्रज नरेन्द्र प्यासीको एकल गायन नरेन्द्र प्यासी एकल सांगीतिक साँझ–२०७५ कार्यक्रम आयोजना गर्दै छ । त्यसैको अभ्यासमा केही दिनदेखि नियमित गीत गाउँदै आएको गायक प्यासीले राजधानीलाई बताए ।

हाल अमेरिकाबाट आएका प्यासी अभ्यासमै व्यस्त छन् । यो एकलसाँझलाई भव्य तुल्याउन कुनै कसर बाँकी नराख्ने उनले बताए । नाचघरको मुख्य हलमा बिहीबार बेलुका ५ बजेबाट ७ बजेसम्म एकल साँझ आयोजना गरिने उनले बताए । प्यासीका अनुसार एकल साँझको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्यासीले के भुल भयो प्रिया…, तिमीले दिने माया अजम्बरी छ भने…, तिमीबिनाको जीवन.., तिम्रो दिलमा चोट लाग्दा…, म तिम्रो मान्छे बन्न सकिन…, माया ओ माया…, एउटा परदेशी आई…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…सहित एकल साँझमा १३ वटा आफ्ना चर्चित गीत गाउने बताएका छन् ।

कार्यक्रममा उनलाई सांस्कृतिक संस्थानका कलाकार विपिन घिमिरे, आकाश थापा र शिला विष्टले साथ दिँदै छन् । एकल साँझमा संगीत संयोजनको भूमिका दिनेश रेग्मीले गर्दै छन् । प्यासीले गीतकार डा. कृष्णहरि बरालसहित अग्रजदेखि नयाँ पुस्ताका गीत गाउँदै छन् ।

सांस्कृतिक संस्थानलाई आत्मनिर्भर बनाउने उद्देश्यसाथ व्यावसायिक कार्यक्रमका रूपमा एकल साँझ आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी दिए । अहिलेसम्म संस्थानले न्यूनतम टिकट शुल्क लिएर तथा निःशुल्क रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको भए पनि अबउप्रान्त स्तरीय व्यावसायिक कार्यक्रम उत्पादन तथा प्रदर्शन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको पनि महाप्रबन्धक थापाले जानकारी गराए ।

२०२२ सालमा काठमाडौंको खिचापोखरीमा बुबा प्रतिमान भुसाल र आमा पद्मकुमारी भुसालबाट जन्मिएका प्यासीले अम्बर गुरुङसँग संगीत सिकेर गायन यात्रा सुरु गरेका हुन् । उनले २०३० सालमा झलकमान गन्धर्व र बुबा स्व. प्रतिमान भुसालको संगीतमा पहिलो गीत बिनाबादल असिना पानी, फेरि माया लाउलीकी बैमानी…गीत रेकर्ड गराएका थिए । प्यासीले हालसम्म करिब ४ सय गीत रेकर्ड गराइसकेका छन् । उनले राष्ट्रिय भावको गीत, भजन, आधुनिक, नेपाली तथा हिन्दी (गजल), लोक र नेपाली चलचित्रका गीत गाएका छन् ।

 

(Visited 30 times, 1 visits today)
Loading comments...