आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

नृत्य नाटिकामा रमे मन्त्री

राजधानी समाचारदाता
1 month ago
20/02/2019

काठमाडौं । भारतीय सांस्कृतिक महोत्सवको पहिलो दिन मंगलबारसाँझ काठमाडौंमा भारतीय कलाकारले नृत्य नाटिकाबाट काठमाडौंवासीको मन जिते । नाटिका हेर्ने क्रममा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीदेखि विभिन्न दूतावासका राजदूत तथा काठमाडौंवासी निकै रमाए ।

काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा काठमाडौंमा मंगलबारबाट तीन दिवसीय सांस्कृतिक महोत्सव ‘फेस्टिभल अफ इन्डिया इन नेपाल–२०१९’ सुरु भएको हो । सोही फेस्टिभलको शुभारम्भ अवसर पारेर मंगलबार साँझ त्रिपुरेश्वरस्थित आर्मी अफिसर्स क्लबमा बुद्धसम्बन्धी नृत्य नाटिका प्रस्तुत गरियो । करिब ४५ मिनेटको यो नाटिकामा कलाकारले शास्त्रीय एवं कत्थक नृत्यमार्फत् बुद्धको जीवनी प्रस्तुत गरे ।

राजकुमार सिद्धार्थको युवा अवस्थाबाट नाटिका सुरु भएको थियो । त्यसपछि उनी आफ्ना सखीसँग रमाउँछन् । राजकुमार सिद्धार्थको यशोधरासँग विवाह हुन्छ । सोही क्रममा उनले समाजमा बिरामी, रोगी, वृद्ध र मृतक देख्छन् । सधंै सुखमा हुर्किएका राजकुमार सिद्धार्थलाई यी घटनाले गम्भीर बनाउँछ ।

नाटिका अघि बढ्दै जान्छ । सिद्धार्थको सन्तान हुन्छ । तर, उनलाई दरबारमा बस्न मन लाग्दैन । उनी एकरात आफ्नो शिशु र पत्नीसहित दरबार छाडेर सुटुक्क भाग्छन् । गयामा पुगेर ध्यान गरेपछि उनले बुद्धत्व प्र्राप्त गर्छन् । त्यसपछि उनी आफ्ना शिष्यलाई ज्ञान बाँड्न थाल्छन् ।

कलाकारहरूले करिब ४५ मिनेटको नृत्यमा बुद्धको जीवनलाई मञ्चमा उतारे । उनीहरूले नृत्यको भावबाटै बुद्धको जीवनकथा प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रस्तुत गर्दा त्यो भावमा दर्शक सम्मोहित भएको देखिन्थ्यो । भारतको नयाँ दिल्लीबाट आएका सुमित राय र उनको टोलीले महोत्सवमा बुद्धको जीवनी प्र्रस्तुत गरेको हो । कन्टेम्प्र्रोरी डान्स ड्रामा नाम दिइएको सो नृत्य निकै आकर्षक थियो । नाटिकालाई सुमितसहित उनका टोली सदस्य विजेश कुमार, नरेश कुमार, आशिक कुमार, शिखा राणासहित १५ जना कलाकारले मञ्चमा उतारेका थिए ।

कार्यक्रममा यी कलाकारलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले स्वागत गरेका थिए । कार्यक्रम अवधिभर मन्त्री अधिकारी पनि सो नृत्य नाटिकमा रमाए । महात्मा गान्धीको १५०औं जन्म जयन्तीको अवसर पारेर महोत्सव आयोजना गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले यो सांस्कृतिक उत्सव तीन दिनसम्म नेपालमा आयोजना गरिने बताए । विभिन्न स्थानमा फरक फरक प्र्र्रस्तुति रहने पनि उनले बताए । नेपाल र भारतको विविध सांस्कृतिक एकता भएकाले यो सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन महोत्सव आयोजना गरिएको राजदूत पुरीले प्र्रकाश पारे । नेपालमा जन्मिएर भारतमा ज्ञान हासिल गरेका बुद्ध विश्वमा शान्तिदूतका रूपमा लोकप्रिय भएकाले यसपटक महोत्सवमा बुद्धसम्बन्धी नाटिका प्र्रस्तुत गरिएको पनि उनले बताए ।

(Visited 16 times, 1 visits today)
Loading comments...