आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

मोटरसाईकल दुर्घटनामा परि २ जनाको मृत्यु, एक गम्भिर घाईते

डीबी विष्ट
1 month ago
20/02/2019
 बझाङ।  बझाङमा मोटरसाईकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । तमैल बजार बाट सदरमुकाम चैनपुर तर्फ आउदै गरेको से ६ प ६४६६ नम्बरको मोटरसाईकल दुर्घटनामा परि जयपृथ्वी नगरपालिका वडा नम्बर १० का मोटरसाईकल चालक २३ बर्षिया पवन छत्याल र जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का २२ बर्षिया प्रेम हमालको घटना स्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
यस्तै दुर्घटनामा परि आकास बहादुर सिहँ गम्भिर घाईते भएका छन् । घाईते सिहँको जिल्ला अस्पतालमा उयचार भै रहेको छ । दुर्घटना विहीबार राती करिब ११ बजे तिर भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे कसैलाई पनि जानकारि नभएको तर गम्भिर घाईते सिहँ बुधबार विहान होस मा आए पछि उनले दुर्घटना बारे जानकारि गराए पछि मात्रै थाहा भएको प्रहरीले जनाएको छ । मोटरसाईकल सडक बाट झण्डै ४०।५० मिटर तल खसेको छ ।
अहिले घटना स्थलमा जिल्ला प्रहरि कार्यलय बाट टोली खटी गएको डिएपि धितालले बताउनु भयो ।
(Visited 153 times, 1 visits today)
Loading comments...