आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

वारागुङका दलित परिवारलाई सामूहिक बाख्रा बितरण

सुन्दरकुमार थकाली
3 months ago
20/02/2019
मुस्ताङ।  मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नम्बर ४ कागबेनी र पाक्लिङका गरिव तथा बिपन्न दलित समूदायलाई गाउपालिकाले बाख्रा बितरण गरेको छ ।गाउपालिकामा रहेका गरिब तथा बिपन्न समूदयाको जिवन स्तर उकास्दै उनीहरुमा उद्यमशिलताको बिकास गर्ने उद्देश्यले उक्त वडाका ८ घरधुरी दलित समूदायलाई बाख्रा बितरण गरिएको प्रमूख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार चालु आर्थिक वर्षको बिनियोजित बजेट मार्फत वडा नम्बर ४ का बिपन्न दलित समूदायलाई २ लाख ८८ हजार बराबरको ३६ वटा बाख्रा उपलब्ध गराएको हो ।
उनका अनुसार गाउपालिकाले तोकेको शर्त बमोजिम दलित जागरण भेडाबाख्रा पालन उपभोक्ता समितिलाई बाख्रा बितरण गरिएको हो ।गाउपालिकाले उपलब्ध गराएको बाख्रा पालन १० वर्ष सम्म समितिले निरन्तरता दिनुपर्ने,५ वर्ष सम्म कारणबस बाख्राको संख्या घटेमा समितिलेनै पूर्ति गर्नुपर्ने र पालन गरेको ३ वर्षपछि समितिले उत्पादन गरेको बाख्रा गाउपालिकाले तय गरेको अन्य समितिलाई उपलब्ध गराउनु पर्ने सम्झौता भएको रेग्मीले जानकारी दिए । दलित जागरण भेडा बाख्रा पालन उपभोत्ता समितिले गाउपालिका उपलब्ध गराएको ३६ वटा बाख्रामा थप ३ लाख बराबरको ३० वटा उन्नत जातको बाख्राको जोहो गरेको समितिका सचिव लक्ष्मण सेन्चुरीले बताए ।
उनले वडाको बिपन्न दलितको जिवन स्तरलाई माथि उठाई व्यवसायिक बनाउन समितिले थप पहल गरेको जानकारी दिए ।उनले समितिले यसैवर्ष देखि बाख्रा पालनलाई व्यवस्थित गराउन बाख्राको संख्या बृद्धि गर्दै ६३ वटा पू«¥याएको बताए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी र वडाअध्यक्ष तेन्जिङ नाम्गेल गुरुङले बाख्रा पालन उपभोत्ता समितिका पदाधिकारीहरुलाई सामूहिक रुपमा बाख्रा हस्तान्तरण गरे ।प्रमुख जिल्ला अधिकारीले क्षेत्रीले समृद्ध नेपाल ,सुखी नेपालीको नारालाई सार्थक निश्कर्षमा पू««¥याउन गाउपालिकाले समाजमा रहेका बिभिन्न तहतप्काका मानिसको जिवनस्तर बृद्धि गर्न यसप्रकारको कार्यक्रम ल्याउनु स्वागतयोग्य भएको बताए ।
दलित समूदाय सदियौदेखि आर्थिक रुपले पछाडी पर्दै आईरहेकाले स्थानीयतहले उपलब्ध गराएका अवसरको भरपूर सदपयोग गर्न आग्रह गरे ।वडाअध्यक्ष तेन्जिङ गुरुङले गाउपालिकाका ५ वटामा आर्थिक स्वरोजगारका अवसर सृजना गर्न गाउपालिकाले कार्यक्रम ल्याएको जानकारी दिए ।उनले समूदायको अनुभव र क्षमताका आधारमा गाउपालिकाले लगानी गर्ने उल्लेख गरे ।
(Visited 64 times, 1 visits today)
Loading comments...