आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

कर्णालीमा रेडपाण्डाको चोरी शिकारी मौलायो

शुभाकर विश्वकर्मा
3 months ago
20/02/2019

जुम्ला । विश्व मै एक दुर्लभ सुन्दर स्तनधारी बन्यजन्तुको रूपमा रहेको रेडपाण्डाको अबैध चोरी शिकारी मौलाएको छ । पछिल्ला केही दशकयता कर्णालीमा मुख्यत मानविय गतिविधिका कारण रेडपाण्डा लोपउन्मुख अबस्थामा पुगेको हो ।

वनजंगल फडानी बढ्नाले बासस्थान सँगै आहाराहरु सकिँदै गएपछि रेडपाण्डा संकटमा परेको छ । एक दशक अघि जुम्लाका गाँउ गाँउमा, घर आगनसम्मै आउने रेडपाण्डा अहिले देखिनै छाडेको हो । हाल नेपालका २४ वटा जिल्लामा मात्र रेडपाण्डा पाईन्छ । जुम्लासँगै देशभर रेडपाण्डा दुर्लभ हुँदै गएपछि यसको ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा रहेको छ । तर यो संख्या लोपउन्मुख अवस्थामा छ ।

अनुसन्धानकर्ता सरोज श्रेष्ठका अनुसार हाल नेपालमा पाँच सय बढी रेडपाण्डाको संख्या छ । जुन दिन प्रतिदिन घट्दै छ । यसको संरक्षणका लागि सरोकारवाला निकाय गम्भीर रूपमा लाग्नु पर्ने उनले बताए । रेडपाण्डा संरक्षणका लागि सरकारले छुटै नीति बनाएपनि अन्य जनावर जस्तै यसको संरक्षण हुन नसकेको उनको भनाई छ ।

यसको मुख्य बासस्थान क्षेत्र जुम्ला पनि हो । रेडपाण्डाको चोरी शिकारी रोक्न तथा बासस्थान सुरक्षित बनाउन जुम्ली सरोकारवाला लागी परेका छन् । समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम मार्फत कर्णाली हातेमालो सेवा समाजद्धारा रेडपाण्डा संरक्षणका लागि जिल्लाका बन क्षेत्रमा १२ वटा ब्लक निर्माण
गरिएको रेडपाण्डा संरक्षण अधिकृत पुरुषोत्तम जैसीले बताए । उनका अनुसार चोरी शिकारी नियन्त्रण गर्न रेडपाण्डा पाइने जंगल क्षेत्रमा स्वचालित क्यामरा समेत जडान गरिएका छन् ।

रेडपाण्डा संरक्षण अभियानमा जुम्ली पत्रकार

यसैबीच जिल्लामा रेडपाण्डा चोरी, सिकार न्युनिकण तथा संरक्षणमा मिडियाको भुमिकाका विषयमा पत्रकारहरूसंग छलफल गरिएको छ । रेडपाण्डा संरक्षणका लागि मिडियाले खेल्न सक्ने भुमिकाका विषयमा बृहत छलफल गरिएको हो ।

छलफलमा सहभागि पत्रकारहरूले पत्रकारिताको तर्फबाट समाजलाई सुसूचित पार्ने प्रतिवद्वता व्यत्त गरेका छन् । नेपालका पुर्वी जिल्लामा रेडपाण्डा संरक्षणसंगै स्थानीयबासीले पर्यटनलाई प्रर्बद्धन गरेको बताइएको छ ।

पत्रकार मानदत्त रावलले जुम्लामा पनि पर्यटन विकास गर्न सकिने बताए । रेडपाण्डासँगै जिल्लामा वन्यजन्तुको चोरी शिकारी बढ्दो छ । उनले भने, ‘तर सिकारीहरुलाई दण्ड सजाय हुन सकेको छैन । मानविय आबश्यकता परिपुर्ति स्वरुप वनजंगल विनास गर्नु र चोरी शिकारीनै संरक्षणको बाधक पक्ष हो ।’

लजालु र धेरै दौडिन नसक्ने जनावर भएका कारण पनि यसको सिकार गर्न सजिलो रहेको बताइएको छ । वन्यजन्तुको चोरी शिकारी न्युनिकरण गर्न प्रहरी, प्रशासन र समुदाय क्षेत्रबाट अभियाननै चाल्नु पर्ने देखिन्छ ।
जिल्ला वन अधिकृत निरोज झाका अनुसार चेतनाको कमीका कारण रेडपाण्डा चोरी शिकारी हुने गरेपनि यसको कुनै महत्व नै छैन । ‘कुल भुभागको ४४ प्रतिशत वनजंगलले नेपाल ढाकिएको छ, तर सबै ठाउँमा रेडपाण्डा पाईदैन’ उनले भने, ‘यसको संरक्षणको लागि जिल्लाका एक सय ५० वटै सामुदायिक वनका उपभोक्ता र बनकर्मचारीहरु सक्रिय हुन जरुरी छ ।’

पर्या पर्यटनले बाह्य तथा आन्तरिक पर्यटकहरुलाई आर्षकण गराउने रेडपाण्डा अनुसन्धानकर्ता प्रगति शाहीले बताईन् । ‘स्थानियको आर्थिक उर्पाजनका लागि प्रदेश सरकारले पर्या पर्यटन विकासमा जोड दिनुपर्छ’ उनले भनिन् ।

नेपाल सरकारले २०१९ देखि २३ सम्म रेडपाण्डालाई पर्यटन संगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी शिकारीमा संग्लनलाई १ वर्ष देखि १० वर्ष कैद र १ लाख देखि ५ लाख सम्म जरिवाना वा दुबै सजाय हुने काननी व्यवस्था छ । तर कार्यान्वयन पक्ष भने फितलो रहेको पाईन्छ ।

(Visited 28 times, 1 visits today)
Loading comments...