सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

झापा ११ माथि पाहुना टोली दाफिन्स एफस क्यामरुन हावि

खेमानन्द पाठक
1 month ago
20/02/2019

 बुटवल पाहुना टोलि दाफिन्स एफसी क्यामरुन झापा ११ विरुद्ध ५–० को सहज जित हात पार्दै बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कपको सेमिफाईनलमा प्रवेश गरेको छ । यस वर्षको पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा गोल्ड कप उपाधि चुमेको क्यामरुनका सामु झापाको प्रदर्शन कमजोर देखिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको झापा ११ले दोस्रो हाफमा आक्रामण भए पनि क्यामरुनका डिफेन्सलाई तोड्न सकेन । उल्टै क्यामरुनले दोस्रो हाफमा थप ४ गोल गरेको थियो ।

पहिलो हाफको २७ औं मिनेटमा बियिक वियिकको पासमा यानिकले हेडिङ् मार्फत पहिलो गोल गरेर टिमलाई अग्रता प्रदान गरेका थिए । पहिलो हाफमा अग्रता कायम गरेर उत्साहित भएको क्यामरुनको तर्फबाट दोस्रो हाफको ५ औं मिनेटमा पेटाङ्ले दोस्रो गोल गरेका थिए । दोस्रो हाफको १६ औं मिनेटमा झापा ११ का पुजन उपरकोटीलाई घाईते बनाएका क्यामरुनका औरेल इनाम डवल एल्लोसंगै खेलबाट बाहिरिएका थिए ।

दुई गोलले अग्रता लिएसंगै १० खेलाडिमा सिमित बनेको क्यामरुनले बाँकी सयमा थप तीन गोलको योगदान गरेको थियो । खेलको २८ औं मिनेटमा विपक्षि किपर अंगाडी बढेको मौका छोपी नियाले गोल गरेका थिए भने ३० औं मिनेटमा डिडेर टिना र ४२ औं मिनेटमा मैदानको मध्यभागबाट बियिक वियिकले गरेको लङ् प्रहारले सिधै जाली चुमेको थियो ।

क्यामरुनको क्वाटर फाईनलको जितसंगै सेमिफाईनलमा आयोजक लाली रुपन्देही ११ संग शुक्रबार प्रतिस्पर्धा गर्ने छ । आज बिहिबार समुह ‘ख’ बाट संकटालाई पाखा लगाएको च्यासल युथ क्वल र यस वर्षको लिग विजेता मनाङ् मस्र्याङ्दी क्लव बिच हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ । बुधबारको खेलमा क्यामरुनका बियिक वियिक म्यान अफ द म्याच भएका छन् । उनलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।

(Visited 25 times, 1 visits today)
Loading comments...