आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

भोलिदेखि खाद्य मेला

राजधानी समाचारदाता
3 months ago
21/02/2019

काठमाडौं। शुक्रबारदेखि भृकुटीमण्डपमा खाद्य मेला हुने भएको छ । सो मेला  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा हुन लागेको हो  ।  यो मेला शुक्रबारदेखि शनिबारसम्म तीन दिन चल्नेछ । मेलाको ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नारा रहेको छ । विभागले विज्ञप्ति जारी गर्दै खानेबानी सुधारका लागि हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पाइने र प्रचलनमा रहेका पोषिला खाद्यवस्तु र परिकारको प्रचारप्रसार गर्ने उद्देश्य मेला राखिएको बताएको छ ।

खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारको प्रवद्र्धन गर्ने, स्वेदेशी खाद्य उद्यम तथा व्यवसायीद्वारा उत्पादित खाद्यवस्तुको प्रवद्र्वन गर्ने, वैज्ञानिक तथा नवीनतम खाद्य प्रविधि तथा खाद्य पोषणसम्बन्धी सूचना आदानप्रदान, कृषक खाद्य उद्यमी व्यवसायी एवं नियामक निकायका र उपभोक्ताबीचमा सम्बन्ध स्थापना गर्ने उद्देश्य रहेको बताएको छ । मेलामा नेवारी, थारू, तामाङलगायतका विभिन्न जातजातिका परम्परागत तथा स्थानीय उत्पादनमा आधारित परिकारसहितका १५ स्टल र  विभिन्न शिक्षण संस्था पोषण तथा मधुमेहसम्बन्धी पेसागत संस्थालगायत परामर्शदाता, मेसिनरी औजार र खाद्य योगशीलसम्बन्धी विभिन्न संघ संस्थाका जानकारीमूलक २२ वटा स्टल रहने पनि  विभागले जनाएको छ ।

 

(Visited 35 times, 1 visits today)
Loading comments...