आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

मेटलाइफका कर्मचारी पुनर्निर्माण कार्यमा

राजधानी समाचारदाता
3 months ago
21/02/2019

 

 

काठमाडौ  ।  मेटलाइफ नेपालका १२० जना कर्मचारीले पुनर्निर्माण कार्यमा सहयोग गरेका छन् । २८ देखि ३० माघसम्म ह्याबिट्याट फर ह्युम्यानिटीसँग सहकार्य गरी पाँँचखाल काभ्रेको भूकम्प प्रभावित क्षेत्रमा आवास पुनर्निर्माण कार्यमा स्वयंसेवकका रूपमा संलग्न भएका हुन् ।

समुदायको आवास निर्माण गर्ने कार्यमा स्वयंसेवी स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इँटा बोक्ने र स्वेलिङ गर्नेजस्ता कार्यमा संलग्न भएका थिए । स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको हेड अफ अपरेसन, रामकुमार यादवसँगै कम्पनीका भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मलकाजी श्रेष्ठ सहभागी थिए ।

पाँचखालका समुदायको आवास पुनर्निर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटीसँग सहकार्य गर्न पाउँदा कम्पनीका जेनरेल मेनजेर श्रेष्ठले खुसी व्यक्त गरे । मेटलाइफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटीसँग विभिन्न आयोजनामा काम गरिसकेको छ । सन् २०१८ मा मेटलाइफका स्वयंसेवीले एसियाका ९ देशमा २५ हजारभन्दा बढी घण्टा समयको योगदान दिइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

मेटलाइफ फाउन्डेसन सन् १९७६ मा स्थापित भएको होे । यसले स्थापनाकालदेखि सन् २०१८ को अन्त्यसम्ममा ८२२ मिलियन डलर अनुदान दिइसकेको छ । मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान पनि दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

(Visited 26 times, 1 visits today)
Loading comments...