आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

 ‘महिन्द्रा उदय’को एकल अटो प्रदर्शनी

राजधानी समाचारदाता
3 months ago
21/02/2019

 

काठमाडौं । महिन्द्राले १० देखि १२ फागुनसम्म तीन दिन ‘महिन्द्रा उदय’ नामक  एकल अटो प्रदर्शनी गर्ने भएको छ । नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि सोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणलाई आमनागरिकसमक्ष जानकारी दिने उद्देश्यले उक्त मेलाको प्रायोजन महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड रहेका छन् । उक्त लाइफ स्टाइल एन्ड अटो सोमा महिन्द्राका दुई नयाँ गाडी सोकेस गर्न लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अटो प्रदर्शनीमा २ फागुनमा भारतमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयूभी र केही महिना अगाडिदेखि भारतीय बजारमा उपलब्ध एमपीभी मराजो प्रदर्शन गरिने पनि कम्पनीले जनाएको छ ।

भारतीय बजारमा सार्वजनिक हुनुअघिदेखि नै चर्चामा रहेको  कम्प्याक एसयूभी हो । महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को धेरै जस्तो डिजाइन एक्सयूभी–५०० फेसलिफ्टबाट प्रभावित रहेको छ । सुरक्षाका लागि एयरब्याग, एबीएस, चारै चक्कामा डिस्क ब्रेक, इबीडी, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ सिस्टम, पावर डोर लक, ओआरभीएममा ट्रन इन्डिकेटर, साइड एयरब्याग, ब्रेक एसिस्ट, हिल एसिस्ट, कर्नरिङ लाइट, रियर वाइपर र रेन सेन्सिङ वाइपरजस्ता फिचर रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

एसयूभीको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्वील बेस २७०० एमएम रहेको छ । यसमा बुट स्पेस ७०२ लिटर क्षमताको दिइएको छ भने ग्राउन्ड क्लिएरेन्स २०० एमएम रहेको छ । यसको डियुल टोन ड्यासबोर्ड आर्कषक रहेको छ भने, डियुल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनका लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, किलेस इन्ट्री, पार्किङ सेन्सरजस्ता फिचर रहेको पनि कम्पनीले जनाएको छ । एसयूभी डिजेल र पेट्रोल दुवै अप्सनमा उपलब्ध छन् भने दुवै अप्सनमा ४–४ भेरियन्ट रहेको छ । यसमा १.५ लिटर डिजेल र १.२ लिटर टर्बो इन्जिन छ ।

त्यसैगरी, महिन्द्रा मराजो अहिलेसम्मकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो ।  यसमा सात र आठ जनाले आरामसँग यात्रा गर्न सक्नेछन् ।

मराजोको डिजाइन सार्क माछाबाट प्रेरित रहेको छ भने कारको केही भाग सिकारी माछाका रूपमा डिजाइन गरिएको छ । यसको लम्बाइ ४५८५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १७८५ एमएम र ह्वीलबेस २७६० एमएम रहेको छ । पेसेन्जरको लागि धेरै सिटको व्यवस्था गरिएकाले यसमा बुट स्पेस १७० लिटर मात्र उपलब्ध रहेको छ । सुरक्षाका लागि एयरब्याग, पेसेन्जर एयरब्याग, एबीएस, एबीडी, इनिजन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ, हेडल्याम्प बिम एड्जस्टर, कर्नरिङ लाइटजस्ता फिचर रहेका छन् ।

यसको इन्टेरियर आर्कषक रहेको छ । मनोरञ्जनका लागि इन्फोटेन्टमेन्ट सिस्टम, एयरकन्डिसन, हिटर, फ्रन्ट आर्मरेस्ट, रियर आर्मरेस्ट, सराउन्ड कुलिङ सिस्टम, स्टेरिङ माउन्टेड अडियो, पार्किङ सेन्सरजस्ता फिचर रहेका छन् । महिन्द्रा मराजोमा नयाँ १ दशमलव ५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

 

(Visited 33 times, 1 visits today)
Loading comments...