आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

भुजुङमा लालीगुराँस कप

राजधानी समाचारदाता
1 month ago
21/02/2019

 

लमजुङ।  जिल्लाको ग्रामीण पर्यटकीय नगरी भुजुङमा लालीगुरास कप पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

क्होलासोथर गाउँपालिका ४ भुजुङमा रहेको लालीगुराँस युवा क्लबको आयोजनामा १५औं संस्करणको लालीगुराँस कप पुरुष फुटबल प्रतियोगिता महाशिबरात्रीको अवसरमा २० फागुनबाट हुने भएको हो ।

आयोजक लालीगुरास युवा क्लब भुजुङले बेंसीसहरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता २० फागुनबाट हुने जानकारी गराएको हो । क्लबका अध्यक्ष नौराज गुरुङले फुटबल प्रतियोगिताबाट पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उदेश्यले बर्षेनी फुटबल प्रतियोगीताको आयोजना गरिदै आएको बताए ।

प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका खेलाडीहरु गरी करिब २० टिम हुने अपेक्षा आयोजकले गरेको छ । विजेताले १ लाख ५ रुपैयाँ र दोस्रो हुनेले ५० हजार ५ रुपैया तथा सेमिफाइनलमा पराजित हुने टोलीले समान १०–१० हजार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ५–५ हजार पाउनेछ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

(Visited 16 times, 1 visits today)
Loading comments...