आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

रिङ रेस्लिङ हुने

राजधानी समाचारदाता
3 months ago
21/02/2019

 

 

काठमाडौं। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।

लैनचौरस्थित टिटी हलमा हुने च्याम्पियनसिपको विजेताले ७० हजार नगर पुरस्कार प्राप्त गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताइन् । दोस्रो हुने २० हजार र तेस्रो हुने खेलाडीले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुनेछ । फाइनल पुग्ने खेलाडीबीच हार्डकोर म्याच हुनेछ । त्यसैगरी, ट्रिपल थ्रिड, सिंगल थ्रिड, ट्रयाग टिमलगायतका म्याच पनि हुनेछ । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, एक्स हिरो, टुप्पी ग्याङ, चटानलगायतको सहभागिता रहने आयोजकले जनाएको छ । त्यसैगरी, महिलातर्फ विलाशा, डेनिका र सोफीले प्रतिस्पर्धा गर्नेछन् ।

 

(Visited 25 times, 1 visits today)
Loading comments...