आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

आशिरमान र शिल्पाको चुम्बन कथा

राजधानी समाचारदाता
1 month ago
21/02/2019

काठमाडौं । चलचित्रको पर्दामा अभिनेता र अभिनेत्रीले ओठमा ओठ जोड्दै धीत मारेर आपसमा चुम्बन गरेको दृश्य दर्शकका लागि रोमाञ्चकारी हुन सक्छ । यस्ता दृश्य क्यामेराको ट्रिकले खिचिन्छ होला । कलाकारले साँच्चै चुम्बन गर्नु नपर्ला भन्ने एक थरी दर्शकको भनाइ छ । तर, यस्तो दृश्यका लागि कलाकारहरूले वास्तवमै चुम्बन गर्छन् । चुम्बन दृश्य क्यामेराले खिचेको बेला त्यो दृश्य राम्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रो भएन भने पटक पटक खिचेर भए पनि वास्तविक र राम्रो देखाउनुपर्ने हुन्छ । यस्तो बेलामा पटक–पटक चुम्बन गर्नुपर्ने समस्या आउने कलाकारको भनाइ छ ।

यसै क्रममा यही १७ फागुनबाट रिलिज हुने चलचित्र ‘द ब्रेक अप’मा अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केबीच पटक–पटक गहिरो चुम्बनको दृश्य चलचित्रको ट्रेलरमा देखाइएको छ । नेपाल हुँदा यी जोडीले धीत मारेर एकले अर्कालाई चुम्बन गरेको दृश्य ट्रेलरमा छ । यस्तै, चलचित्रको कथाअनुसार यी जोडी अस्ट्रेलिया पुग्दा पनि दुवैले एक आपसमा ओठ जोडेर चुम्बन गरेका छन् ।

चुम्बन दृश्यका लागि आफूलाई सुरुमा साह्र्रै गाह्र्रो भएको अभिनेत्री शिल्पा मास्केले बताएकी छन् । ‘फिल्मको स्क्रिप्टमै आशिरमान र मेरो चुम्बनको दृश्य राखिएको थियो । त्यो दृश्य कसरी गर्ने भनेर स्क्रिप्ट पढ्दादेखि नै मलाई अप्ठ्यारो लगेको भए पनि अन्ततः मैले सबै कुरा बिर्सेर आफूलाई क्यारेक्टर ठानेर चुम्बन दृश्य दिन सफल भएँ,’ मास्केले भनिन् ।

यसरी सुरुको दिनमा यी दुईले पोखरामा चुम्बन दृश्य दिएका थिए । चुम्बनको पहिलो टेकको अनुभव बताउँदै अभिनेत्री शिल्पाले भनिन्, ‘आशिरमान र मैले हिम्मत जुटाएर पहिलो चुम्बनको दृश्य आपसमा डुब्दै दियौं । तर, त्यतिबेला हामी दुईको टाउकाले एक अर्काको अनुहार छोपिएपछि हामीले गरेको चुम्बन क्यामेरामा राम्र्ररी देखिएन ।’

दोस्रो पटकको चुम्बन अनुभव सुनाउँदै शिल्पाले भनिन्, ‘पहिला जति डर लागेको थियो, दोस्रोपटक चुम्बन गर्दा हामीलाई धेरै नै सजिलो भयो र प्रेमी प्रेमिकाको भावमा डुबेर एकले अर्कालाई मजाले चुम्बन ग¥यौं ।’

अभिनेत्री शिल्पाले यस्तो चुम्बनको अनुभव आफूसँग त्यसअघि नभएको जिकिर गरिन् । यो चुम्बनबारे परिवारमा सुरुमै जानकारी गराएकाले द ब्र्रेक अपको ट्रेलरमा आउँदा चुम्बन हेरेर परिवारले समर्थन गरेको पनि उनले बताइन् ।

अभिनेता आशिरमानलाई पनि चलचित्रमा चुम्बनको दृश्य दिन सुरुमा शिल्पालाई जस्तो गाह्रो भयो । चुम्बनको अनुभवबारे उनले भने, ‘व्यक्तिगत जीवनमा मैले यसअघि धेरैपटक चुम्बन गरिसकेकाले अनुभव त मलाई थियो । तर, क्यामेराको अगाडि चलचित्रका लागि त्यो नै पहिलो चुम्बन भएकाले म पनि सुरुमा निकै नर्भस भएँ ।’

आफू र शिल्पाले पहिलो टेकमा चुम्बन गर्ने क्रममा आत्तिएर बिगारेको अभिनेता आशिरमानले खुलासा गरे । तर, आफूहरूले दोस्रो टेकमा कुनै हतार नगरी निर्धक्कसँग एकले अर्कालाई चुम्बन गरेर त्यो दृश्य पुरा गरेको उनले बताए ।

चलचित्रमा अरू थुप्रै ठाउँमा आशिरमान र शिल्पाले ओठमा ओठ जोड्दै निकै कामुक शैलीमा चुम्बन गरेका छन् । त्यतिबेला यी दुई कामुक नभएका पनि होइनन् । कथाले मागेअनुसारको दृश्य आफूहरूले दिएको यी दुईको भनाइ छ । आशिरमान र शिल्पाको चुम्बनलाई यी दुवैका आमाले पनि वास्तविक देखिएको भन्दै यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा खुलेर प्रशंसा गरेका थिए ।

(Visited 64 times, 1 visits today)
Loading comments...