आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

सबस्टेसन उद्घाटन

राजधानी समाचारदाता
3 months ago
22/02/2019

 

बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बिहीबार बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेसन उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताए । उनले भने, ‘बबई, भादा र औरही नदी नियन्त्रण आयोजनामा अम्बासा नदीलाई मिलाएर बाढीबाट मुक्त बनाउन नदी तटबन्धन गर्न लागिएको हो ।’

देशभरको करिब ७० वटा सवस्टेसन बन्दै गरेको र २ हजार २ सयवटा पक्की पुल बनाउनका लागि बोलपत्र आह्वान गरिसकेको मन्त्री पुनले बताए ।

(Visited 18 times, 1 visits today)
Loading comments...