शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

रुमालै छ चिनोसँगै फिंगर प्रिन्ट

राजधानी समाचारदाता
4 weeks ago
22/02/2019

काठमाडौं । शुक्रबारबाट मुलुकका सिनेमा हलमा दुई नयाँ नेपाली चलचित्र रिलिज हुँदै छन् । दिनेशसिंह ठकुरी निर्देशित चलचित्र ‘रुमालै छ चिनो’ र नविन निरौला निर्देशित चलचित्र ‘फिंगर प्र्रिन्ट’ प्रदर्शन हुन लागेको हो ।

आफ्नो चलचित्र रुमालै छ चिनो मुलुकका चार दर्जन सिनेमा हलबाट प्रदर्शन हुन लागेको यसका निर्माता चन्द्रबहादुर खड्काले जानकारी गराए ।

भारतीय गोर्खा राइफल्स् सेनामा कार्यरत एक नेपालीले युद्धका क्रममा भोग्नु परेको संघर्ष र उसको प्र्रेम कथामा आधारित रहेर आफूले रुमालै छ चिनो निर्माण गरेको पनि निर्माता खड्काले जानकारी गराए ।

यो चलचित्रमा  सुशान्त कार्की र अप्सना थापासँगै किशोर खतिवडा, सञ्चिता लुइँटेल, रश्मि भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा रेशम थापाको कथा छ । यसमा अर्जुन पोखरेलको संगीत, विनोद सापकोटाको छायांकन र शिव थारूको सम्पादन रहेको निर्देशक ठकुरीले जानकारी गराए ।

यस्तै, नवीन निरौला निर्देशित सस्पेन्स थ्रिलर फिल्म फिंगर प्रिन्ट पनि मुलुकका करिब चार दर्जन सिनेमा हलबाट शुक्रबारबाटै रिलिज हुँदै छ । नवीनकै लेखन र सम्पादनमा यो फिल्म तयार भएको हो ।

फिल्ममा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरूप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् ।

अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको फिंगर प्र्र्रिन्टमा शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता छन् । आफ्नो फिल्म मेडिकल साइन्सको विषयमा आधारित रहेको निर्देशक निरौला बताए ।

फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिंगर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधलगायतका विषय प्रस्तुत गरिएको छ ।

(Visited 23 times, 1 visits today)
Loading comments...