आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

६ वर्ष बित्यो, खुलालु पुल बनेन

राजधानी समाचारदाता
1 month ago
22/02/2019

 

 

 

कालिकोट।  एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको कर्णाली कोरिडोरको खुलालु पुल ६ वर्ष बितिसक्दा पनि बनेको छैन । निर्माण कम्पनीको चरम लापर्बाहीका कारण सडकखण्डअन्तर्गत हुम्ला खण्ड जोड्ने खुलालु नदीको पुल निर्माण अलपत्र परेको हो ।

कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने झन्डै १४ करोड लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जगसमेत खनिएको छैन । २०६९ सालमा निर्माणको जिम्मा पाएको कन्काई नेपाल प्रगति जेभीले सडक डिभिजन कार्यलयसँग योजना सम्झौता भई ०७० सालमै निर्माण सकिनुपर्नेमा अहिलेसम्म पुल निर्माण जगमै सीमित छ ।

पुल निर्माणमा चरम लापर्बाही हुँदासमेत नियामक निकाय मौन रहेको भन्दै कर्णालीवासी आक्रोशित छन् ।

नेपाली सेनाले कर्णाली कोरिडोरमा ९४ किलोमिटर सडकको ट्र्याक खुला गरी सडक विभागलाई हस्तान्त्रणको तयारी गर्दासमेत पुल निर्माण अहिले सम्म १० प्रतिशत मै सिमित रहेको छ ।

ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण सुरु भएको ६ वर्षसम्म पनि बन्न नसकेको सडक डिभिजन कार्यालय कर्णालीका डिभिजन प्रमुख माधव अधिकारीले जानकारी दिए ।

उनका अनुसार, पटकपटक निर्माण सञ्चालन गर्न र तोकिएको समयमै काम सक्न सम्बन्धित कम्पनीलाई ताकेता गरिएको छ । ‘अब सडक डिभिजन कार्यालयको निर्देशन नमान्ने कन्सल्टेन्सीलाई कारबाही गर्ने चेतावनी दिएका छौं,’ डिभिजन प्रमुख अधिकारिले थपे, कन्ट्र्याक्टरको क्षमता कमजोर देखियो, जसले गर्दा तोकिएको समयमा पुल बन्न सकेनन् ।’ कार्यालयले बारम्बार ताकेता र अनुगमन गरेर सुझाएको उनले बताए । कन्ट्र्याक्टरले चाहेको समयमा जुनबेला पनि काम गर्ने र नचाहेको बेला कामै नगर्ने गरेको उनको भनाइ छ । पुल नबन्दा यातायात सञ्चालन र छिमेकी जिल्लाको आर्थिक तथा सामाजिक सम्बन्धसमेत टुटेको नरहरिनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले बताए ।

 

 

(Visited 24 times, 1 visits today)
Loading comments...