आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

ओलीको शोकमा तुलसीपुर उपमहानगरका वडा कार्यालयहरु वन्द हुने

राजधानी समाचारदाता
1 month ago
22/02/2019

तुलसीपुर । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनको शोकमा वडा कार्यालयहरु बन्द हुने भएको छ ।

दाङको क्षेत्र नं. ३ (ख) का सांसद ओलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले ३ ख अन्तर्गतका वडा कार्यालयहरु शोकमा वन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका अनुसार ३ ख अन्तर्गत पर्ने वडा नम्वर १, २ ,१० र ११ का वडा कार्यालयहरु शोकमा वन्द हुने भएका हुन् ।

नगरप्रमुख पाण्डेले १३ दिनसम्म वडा कार्यालयहरुमा शोक पुस्तिका राख्नका लागि समेत निर्देशन दिएका छन् ।

(Visited 30 times, 1 visits today)
Loading comments...