बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

झुटो विवरण पेस गर्नेमाथि कारबाही :प्राधिकरण

चौलागार्इं
7 months ago
24/02/2019

 

दोलखा । झुटो विवरण पेस गरी अनुदान लिने भूकम्पपीडितलाई कारबाहीका लागि विवरण संकलन कार्य सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोलखामा झुटो विवरण पेस गरी अनुदान लिने लाभग्राहीको विवरण संकलन गर्न सबै स्थानीय तहलाई लिखित निर्देशनसमेत दिइसकेको छ ।

प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाले बेहोरा ढाँटी अनुदान रकम लिएका लाभग्राही संख्या दोलखामा धेरै रहेको अनुमान गरेको हो । विवरण संकलन अभियानलाई तीव्रता दिएको व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले जानकारी दिए । ‘२७ माघमै जिल्लाका नौवटै स्थानीय तहलाई पहिलो पत्रचार गरी विवरण संकलन गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि–२०७३ विपरीत बेहोरा ढाँटी अनुदान रकम लिएर तोकिएको अवधिमा फर्ता नगरे सरकारी बाँकीसरह निर्देशन जारी गरिएको छ ।’

प्रमुख आचार्यका अनुसार झुटो विवरण पेस गरी अनुदान लिनेविरुद्ध आएको उजुरीमाथि जिल्ला प्रशासन कार्यालयले छानबिन गर्नेछ ।

प्राधिकरणको निर्देशनलगत्तै तामाकोसी गाउँपालिकाले पनि सबै वडालाई परिपत्र गर्दै झुटो विवरण पेस गरी अनुदान लिएका लाभग्राही विवरण संकलन गर्न निर्देशन दिएको अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिएका छन्् । गाउ“पालिकाका सातवटै वडा कार्यालयलाई पत्राचार गर्दै विवरण उपलब्ध गराउन निर्देशन दिइएको पोखरेलले बताए ।

दोलखामा झुटो विवरण पेस गरी अनुदान लिएको भन्दै १९ जनाविरुद्ध उजुरी परेको छ । दोलखाबाहेक अन्यत्र बसोबासयोग्य घर भएर पनि भूकम्पपीडितको अनुदान लिएको भन्दै कालिञ्चोक गाउँपालिकाका १९ लाभग्राहीविरुद्ध उजुरी परेको हो । उनीहरूविरुद्धको उजुरी केन्द्रमा पठाइएकामा सम्बन्धित गाउँपालिकामा बुझ्न निर्देशन दिइएको छ ।

गाउँपालिकामा पत्राचार गरिए पनि थप विवरण नआएको कार्यालय प्रमुख आचार्यले बताए । दोलखामा हालसम्म ९ भूकम्पपीडितले पहिलो किस्ताको अनुदान रकम फिर्ता गरेका छन्् । उनीहरूमध्ये चारजनाले सेभ द चिल्डे«नबाट अनुदान लिएर पनि निजी आवास निर्माण गरिसकेकाले र एकजनाको अन्यत्रै बस्नयोग्य घर भएकाले अनुदान फिर्ता गरेका छन्् ।

त्यस्तै, दुई जनाले दोहोरो लाभग्राही सूचीमा नाम परेकाले, एकजनाले आमाको नाममा घर बनाएकाले आफ्नो नाममा आएको अनुदान फिर्ता गरेका छन्् । अर्का एकजनाले घर निर्माण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गरेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाले जनाएको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...