शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

लमजुङ सेवा समाजको १३ औं साधारणसभा सम्पन्न

राजधानी समाचारदाता
2 weeks ago
05/03/2019

दोहा। “लमजुङ  सेवा समाज कतारको प्रतिवद्दता, दु:ख सुखमा – साथ लमजुङ सेवा समाज ” भन्ने मुल नाराका साथ कतारमा सक्रिय रुपमा रहेको लमजुङ सेवा समाज कतारको १३ औं साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष बिष्णु लाल श्रेष्ठको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्ब सह सयोजक प्रबिन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मानार्थ सदस्य बिल गुरुङ, आई सि सि सदस्य बिमल सुवेदी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष सुदर्शन भट्ट लमजुङ सेवा समाजका संरकक्षक पुर्ण पोखरिया, संस्थाका प्रमुख सल्लाहकार यु एन कडरिया, संस्थापक सल्लाहकार सदस्य डिल राम गुरुङ,सल्लाहकार युद्ध जंग गुरुङ, प्रवासी नेपाली मंचका उपाध्यक्ष चानिलाल राजवंशी, नेपाली जनसम्पर्क समितिका सह महामन्त्री केदारनाथ भुसाल, अन्तर्राष्ट्रिय नेपाली समाज नयाँ शक्ति कतारका शन्तोष तिमिल्सिना , नेपाली जनप्रगतिशिल मोर्चाका शिशिर भन्डारी, गण्डकी प्रदेश कतारका अध्यक्ष हंसराज ढकाल क्षेत्री , नेपाल लोकदोहोरी गित प्रतिष्ठान कतार शाखाका उपाध्यक्ष शक्ति क्षेत्री लगायत विशेष अतिथि थिए ।

 

यसैगरी अथितीहरुमा अर्घाखाँची सेवा समाजका महासचिव टेकराज थापा , दाङ देउखुरी सेवा समाजका अध्यक्ष हेमराज बस्नेत , तनहुँ सेवा समाजका अध्यक्ष केश गुर्छामान मगर , प्रदेश न ५ समन्वय परिषदका महासचिव डिल्लीराम भट्टराई, गोरखा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, पर्बत सेवा समाजका अध्यक्ष सर्बेन्द्र,स्याङ्जा सहयोग सेवा समाजका अध्यक्ष अजमत अलि समाजसेबि , श्रीकृष्ण भट्टराई ,राकेश श्रेष्ठ ,चिन्तामणी पौडेल, केबि हमाल लगायत विभिन्न सँघ संस्थाका प्रतिनिधिहरु थिए । रोजगारीको सिलसीलामा कतारमा कार्यरत लमजुङ्ग तथा प्रवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको उल्लेख्य उपस्थितले कार्यक्रमको समाल पार्क खचाखच भरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रबिन गुरुङले व्यानर अनावरण तथा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। संस्थाका उपाध्यक्ष नबराज नखोलाले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रममा संस्थालाई अमुल्य योगदान दिनुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । संस्थाले आयोजना गरेका विभिन्न सांस्कृतिक एवम अन्य विविध कार्यक्रहरुमा सहयोग गर्नुहुने स्वयसेवक तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रबिन गुरुङले कतारमा स्थापित संघ संस्थामा लमजुङ सेवा समाजले गरेका विभिन्न समयमा सामाजिक कार्यको प्रशंसा गरे।

 

जब सम्म समाज सकारात्मक ढंगले चल्न सक्दैन, देशमा कुनै पनि परिवर्तन हुन सक्दैन।त्यसैले समाज नै देशको लागि अधार हो। कार्यक्रममा कतारमा स्थापित संघ सस्थाका प्रतिनिधि, समाजसेवी, वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम संचालन संस्थाका महासचिव सिताराम थापाले गरेका थिए। संस्थाका अध्यक्ष एवम १३ औं साधारणसभाका सभापति श्रेष्ठले कार्यक्रम सफल बनाउन अमुल्य योगदान दिनुहुने सम्पूर्ण प्रति विशेष धन्यवाद दिए।

नवराज नखोला अध्यक्षतामा प्रथम उपाध्यक्ष सिताराम थापा द्वितीय उपाध्यक्ष बुद्धिसागर सुवर्णकार तृतीय उपाध्यक्ष विनोद प्रसाद वसौला महासचिव युवराज गुरुङ सचिव बिनोद थापामगर सह-सचिव राज लोपचन कोषाध्यक्ष शिव रसायली सह-कोषाध्यक्ष कल्याण थापा, क्षेत्रीय संयोजक हरि बहादुर दुरा,  हरि गुरुङ  वेशिशहर न.पा.संयोजक  रविन्द्र घिमिरे, राइनस .न.पा संयोजक – सम्सुदिन मियाँ , मध्यनेपाल न.पा.संयोजक जनक कार्की शुन्दर बजार न.पा संयोजक – प्रभात भुजेल मर्स्याङ्दी गा.पा संयोजक -अनन्त घिमिरे, दोर्दी गा.पा संयोजक,  दूध पोखरी गा.पा संयोजक, क्वोल्हा सोथार गा.पा.संयोजक – सदस्यहरु सन्तोष के.सि, देव गुरुङ , मन्जिला गुरुङ  विमला थापा रहेका छन। कार्यकमको अन्त्यमा बोल्दै नव निर्वाचित अध्यक्ष नखोलाले  संस्थालाई आगामी दिनमा अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण लम्जुङेलीहरुलाई एक ढिक्का बनाउदै अगाडी बढ्ने प्रतिबद्ता व्यक्त गरे।

(Visited 62 times, 1 visits today)
Loading comments...