शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

जसले एकै जीवनमा धेरै जीवन बाँच्नुभयो

कमल ढकाल
2 weeks ago
10/03/2019
कमल ढकाल

‘तपाईहरुले यसरी चुनाव जित्नुहुन्छ मैले कल्पना गरेको थिइन ।’ राजा बीरेन्द्र वीर बिक्रम शाहले पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई २०५१ सालमा एमालेले जितेको चुनावलाई लिएर भनेको संवाद पुर्व उपप्रधान मन्त्री भरतमोहन अधिकारीले सुनाउनु भएथ्यो । । अहिले न राजा विरेन्द्र छन न मनमोहन न त्यो कुरा सुनाउने भरतमोहन अधिकारी नै रहनु भयो ।

कम्युनिष्ट चुनावमा आएको र चुनावै जितेको भनेर प्रतिकात्मक रुपमा राजा वीरेन्द्रले भनेका थिए । अहिले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार देशमा त्यो कुरामा साक्षी बस्ने तीनै जना छैनन ।

भरतमोहन अधिकारी सम्झदा मान्छेहरुले सम्झन्छन मनमोहन अधिकारी र २०५१ मसिर १४ गतेको एमाले अल्पमतको सरकार । अनि तत्काल दिमागमा आउछ बृद्ध भत्ता र आफ्नो गाउँ आफै बनाउँ । मैले पनि एक दिन उहाँलाई सोधेथे किताबमा नलेखेको बृद्ध भत्ताको कहानी भन्नुस न ।

उहाँले भन्नु भएथ्यो “कसरी बिकास गर्ने देश भनेर सोच्ने समय थियो त्यो , एक रात गाउँबाट बिकास सुरु गर्नु पर्छ झिल्को आयो र आयो आफ्नो गाउँ आफै बनाउमा पाँच लाख दिने र बृद्ध हरुलाई कम्युनिष्टले मार्दैन सम्मान गर्छ भन्ने देखाउन भत्ता दिने आफैले योजना बनाए मनमनै । ”
भोलिपल्ट बिहान उहाँले दाजु तथा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीसंग सल्लाह गर्नु भएछ । मनमोहन अधिकारीले जिब्रो बाहिर निकाल्दै भन्नु भएछ “ए भरत तैंले कहाँ बाट ल्याउछस यत्रो पैसा ?” भरतमोहनले आउछ दाजु भनेर आश्वस्त तुल्याउनु भएछ । फेरि पार्टीकै उच्च नेताले भरतमोहन जी यो नगरौ गाउँ गाउँमा भ्रष्टाचार हुन्छ र पार्टी बदनाम हुन्छ । त्यो लागु गर्न पहिलो पार्टीबाटै गाह्रो भएको सुनाउदै भन्नुभएथ्यो “दुबै नेतालाई आफु र अरु केही नेता लगाएर कन्भिन्स गर्नु परेको थियो । ”

बजेटमा पाँच लाख दिने भनेको नपुगेर तीन लाख तीन लाखबाट घटेर दुई लाख प्लस भयो । बृद्ध भत्ता बृद्धलाई कम्युनिष्ट सरकारले मान गर्छ भन्ने देखाउन गरिएको थियो । ती दुबै लोकप्रिय कार्यक्रम कुनै सरकारले काटेर नकाटिने भए । बजेटमा नयाँपन दिएको भनेर उहाँ बिभिन्न देशमा आफ्नो अनुभव शेयर गर्न जानु भयो ।

जनमुखि कार्यक्रम गर्नु पर्छ अर्थमन्त्रीले भन्ने भरतमोहन आज प्रात कालिन चिरस्मरणीय हुनु भएको छ । उहाँले भनेको र बोलेको लेखेको कुराहरु ढुंगाको अक्षर भएका छन । एक जना समान्य मान्छेबाट त धेरै सिक्न सकिन्छ भने भरतमोहन अधिकारी जस्तो विशिष्ट जीवन बाँचेको मान्छेसंग धेरै सिक्न सकिन्छ । घोष्ट राईटिंग नेपालले उहाँको पुस्तक संसददेखि संविधानसम्म लेखन र प्रकाशन गरयो । उहाँले पहिल्यै निकालेको पुस्तक मेरो जीवनयात्रा थप सम्पादन गरेर निकाल्यो । यस क्रममा भरतमोहन अधिकारीसंग पटक पटक भेट भयो । घन्टौ बसेर कुरा गर्दा पनि उहाँ थाक्नु हुन्नथ्यो । नेतालाई मान्छेहरु आउन छाडेपछि पिरलो हुदो रैछ । त्यहि पिरलो उहाँमा पनि देख्थे म । एक दिन एक कथा नै सुनाउनु भयो । हामीले नेता मान्ने संस्कार सिकाएनौ । एक जोगिको जत्ति पनि नेताको मान नभएको प्रति उहाँको रोष थियो ।

एक दिन यस्तो कुरा भयो । एक जोगिको एक सय भन्दा बढी अनुयायी रहेछन । उनीहरु बनारसबाट दुई दिनको बाटो पैदल हिड्नु पर्ने रहेछ । बिहानै हिडेका उनीहरु जा जोगि फटकार्छ छाला जहाँ जाला उहि खाला तालमा हिडेका रहेछन । बिहान देखि हिडेका उनीहरु खान नपाएर हैरान भए । उनीहरुले जोगीलाई भनेछन स्वामी ज्यु हामीलाई भोक लाग्यो कहाँ खाने के खाने ? अगाडी हिड्दै जाउँ भनेर उनले लगे त्यो रात कहि केही नपाएपछि त्यसै सुत्नु पर्ने भयो उनीहरु साह्रै भोकाएका थिए । तैपनि स्वामीको खुट्टामा तेल दलेर मालिस गरेर भोकै सुते । भोलिपल्ट पनि बेलुका मात्र खाना खान पाए । तैपनि उनीहरुको श्रद्धा आफ्नो स्वामी प्रति घटेन । खान नपाएपछि नेताकै बिरोधमा कार्यकर्ता लाग्ने समय आयो भन्दै उहाँले भन्नुभयो “कमलजी कस्तो संस्कार बसायौ हामीहरुले ।”

जो अर्थमन्त्री भएपनि भरतमोहन अधिकारीसंग २०५१ साल देखि बजेटको सल्लाह लिन जान्थे । यसपाला बजेटको सल्लाह लिन पनि कोही गएन । कार्यकर्ताहरु पनि कमै मात्र जान्थे । कुरा सुनिदिने मान्छे मात्र हुदा पनि बृद्ध पन युवा तिर फर्कदै नोस्टाल्जिक बन्छ । यो पनि भरतमोहनले पछिल्ला समयमा कमै मात्र प्राप्त गर्नु भयो ।

घर परिवारलाई मात्र हैन उहाँलाई पनि लाग्दैनथ्यो । यति चाँडै जानु हुन्छ भन्ने । कम्तिमा ८५ बर्ष त बाँच्छु होला भन्नु हुन्थ्यो । तर ८२ मै उहाँलाई लग्यो । मृत्यु दुःखद हुन्छ । अझ दुःखद हुन्छ थलिएर मृत्यु हुनु । भरतमोहनको सवालमा थलिएर बस्न परेन । केही समय अघिदेखि परहेज भने गरिरहनु भएको थियो ।

नेकपा बनेको बारे पनि एकदिन मैले कुरा गरेथे । कस्तो लाग्यो एकिकरण भन्दा उहाँले पुरानो कुरा सम्झाएर भन्नु भएथ्यो । नेपाल कम्युनिष्ट पार्टी ( मनमोहन समुह) र नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समुह) मिलेर नेपाल कम्युनिष्ट पार्टी ( माक्र्सवादी ) त बन्यो । तर भारतको ईलाहावादको संगममा गंगा जमुनाको पानी मिसिदा पनि दुईवटै नदीका पानी अलग अलग छुट्टिएकै जस्तै छुट्टियो केही समय । त्यस्तै अवस्था नेकपा माक्र्सवादीमा पनि थियो । पुष्पलाल समुहका साथीहरु आपसमा अलि बढी नजिक हुन्थे र हामीसंग त्यति घुलमिल हुने अवस्था बनिसेको थिएन ।

समयले यो समस्या हल गर्छ ईलाहावादको संगमबाट अगाडी बढेपछि पानी एउटै हुन्छ र गंगा कुन जमुना कुन भनेर छुट्टाउन नसकेझै एकता पनि सुदृढ हुन्छ भन्ने आशा लिएर काम गरेका थियो । त्यस्तै आशा एमाले बन्दा थियौ त्यस्तै अवस्था नेकपामा पनि केही समय हुन्छ तर त्यो सबै मिलाउने काम भनेको नेतृत्वले नै हो भनेर भन्नु हुन्थ्यो ।

कम्युनिष्ट पार्टीको यो दिन पनि आउला दुई तिहाई सरकार बन्ला भन्ने कल्पनामा पनि थिएन भन्नु हुन्थ्यो भरतमोहन अधिकारी । आफु पटक पटक मन्त्री हुने उपप्रधानमन्त्री हुने कार्यवाहक प्रधानमन्त्री हुने अनि कार्यवाहक पार्टी अध्यक्ष बन्ने सपना नै थिएन उहाँको । अझै आफ्नै दाजुु मनमोहन देशको प्रधानमन्त्री नै बन्ने भन्ने त सोचेकै थिएन भन्नु हुन्थ्यो ।

नसोचेकै कुरा जीवनमा बढी हुन्छ । नसोचेकै सपना विपना बन्छ । जिन्दगी यस्तै रहस्य र रोचकताले भरिएको हुन्छ हरेकको । बनारसको डीएभी इन्टरकलेजमा पढ्दा अर्थशास्त्रमा एम. ए. गरेपछि पीएचडी गर्ने विचार थियो भन्नुहुन्थ्यो । तत्कालीन सोभियत सरकारले आफुलाई लुबुम्वा बिश्वबिद्यालय, मस्कोमा पीएचडीको छात्रबृत्ति पनि दिएको बताउनु भएको थियो ।

जीवनको धुन अर्कैतिर बज्दै थियो । पिएचडिमा बजाउन खोजेर के बज्थ्यो र । २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरी नेताहरुलाई थुने । पिएचडी गर्न पाएको छात्रवृत्ति छाडेर भरतमोहन आन्दोलनमा होमिनु भयो । चार जना कम्युनिष्टहरु एक बर्ष पनि संगै हिड्न नसक्ने समयको फाईदा महेन्द्रले उठाए । पार्टी फुटेर साना गुटहरु बन्थे । गुटहरु उपगुटमा बिभाजित हुन्थे । यो समयमा पनि भरतमोहन भने कम्युुनिष्ट बलियो बनाउने र भएको सपना देख्दै हिडिरहनु भयो ।

२०३६ सालको आन्दोलनले कम्युनिष्ट पार्टीलाई मिल्न अलिक सहयोग गरयो । ०४६ सालमा ७ पार्टीहरुको बाममोर्चा नै बन्यों । बाममोर्चा र काँगे्रसको संयुक्त आन्दोलनको धक्काबाट पञ्चायती ब्यवस्था ढल्यो । आफुले संविधान आयोगको सदस्य बनेर संविधान लेख्नमा धेरै मेहनत गरेको भन्नु हुन्थ्यो । पुर्व प्रधानमन्त्री माधव नेपालसंग निकटता त्यहि देखि बढेको रहेछ उहाँको । भन्नेले माधव गुट भनेर पनि उहाँलाई चिन्थे तर तटस्थ रहनै मन पराउनु हुन्थ्यो । संविधानसभाको पटक पटक असफलतापछि आएको सफलतासंगै दुई नेताको धकम्धक्काबाट नेकपा बनेको दिन उहाँलाई बहुतै खुशी लागेको दिन थियो ।

०४८ सालयता ४ पटक निर्बाचित सांसद हुनुभएका भरतमोहन अधिकारी पटक पटक गरी ५ पटक बिभिन्न मन्त्रालय सम्हाल्नु भयो । जहाँ बस्यो त्यहि राम्रो गर्न खोज्ने उहाँको बानीले जलबिद्युत मन्त्री हुदा हाईडेपावरमा गरेको कार्यको धेरै मान्छे प्रसंसा गर्छन । सुत्केरी भत्ता पनि उहाँले नै दिन लगाउनु भएको थियो ।

हरेक मान्छे बुढो हुन्छ र भरतमोहन अधिकारीको ठाउमा आफुलाई देख्छ देख्नु पर्छ । केही लोक प्रिय काम गरौ नेपाली जनताले सम्झने काम गरौ भनेर भन्छ भन्नु पर्छ । भरतमोहन अधिकारीबाट हामीले धेरै मध्ये यो पनि सिक्न सक्छौ ।

मान्छे पुर्ण सन्तुष्ट हुन खोज्छ । लागिरहन्छ सन्तुष्टतातिर । उहाँ पनि लागिरहनु भएको थियो ।
“मेरो आफ्नो जीवन मलाई सन्तुुष्ट नै लाग्छ तर आम जनता, किसान, सुकुम्बासी, दलित, महिला, कमैया, हलिया, मजदुरको जीबनमा परिबर्तन र खुसियाली ल्याउन नसकेकोमा म चिन्तित छुु ।” एक दिन उहाँले सन्तुष्टि असन्तुष्टिको कुरामा यो भन्नु भएको थियो ।
शेरबाहादुर देउवाले भरतमोहन जी तपाई कहिल्यै प्रम र पार्टी अध्यक्ष हुन सक्नु हुन्न भन्नु भएछ । कारण रहेछ शक्ति निकायलाई रिजाउन नसक्ने उहाँको स्वभाव । आफु प्रम र पार्टी अध्यक्ष नहुदा असन्तुष्ट नभएको बारे भन्नुुहुन्थ्यो “ढकालजी मेरा कत्ति साथी शहिद भए कत्ति मरिसके मैले यहाँसम्म आउदा असन्तुष्ट हुनु पर्ने कुनै कारण छैन ।”

जन्मेको केही बर्षमै मृत्युलाई जितेर बाँच्नु भएको रहेछ भरतमोहन अधिकारी । आफ्नो बहिनी बिफरबाट बितेको र आफु त्यहि रोग लागे पनि बाँचेको उहाँले धेरै पल्ट आएको मृत्युलाई जित्नु भयो । यसपाला मृत्युले पछारयो । यो पाला पनि जित्नु होला कि भन्ने लागेको थियो तर त्यसो भएन ।
हरेक मान्छे बुढो हुन्छ र भरतमोहन अधिकारीको ठाउमा आफुलाई देख्छ देख्नु पर्छ । केही लोक प्रिय काम गरौ नेपाली जनताले सम्झने काम गरौ भनेर भन्छ भन्नु पर्छ । भरतमोहन अधिकारीबाट हामीले धेरै मध्ये यो पनि सिक्न सक्छौ ।

पिता रामचन्द्र अधिकारीलाई माल अड्डाको सुुब्बा भएर महोत्तरी भ्रमरपुरा बस्दा भरतमोहन त्यहि जन्मनु भएको हो । पुख्र्याैली थलो कटुन्जे , हुदै तराई लागेका रामचन्द्रलाई सामाजिक सुधार र राजनीतिमा लागेको भनेर जग्गा जफत गरेकोले मुगलान हुदै प्रवासमा लागेको भरतमोहन अधिकारीको किताब मेरो जीवन यात्रामा भेटिन्छ ।

मेडसिटीमा एक महिना र ह्याम्समा पटक पटक गरेर यो पाला उहाँलाई नराम्रै थला पारयो र लगिहाल्यो । त्यसअघि उहाँ दिनहँुु लेखपढ र भेटघाटमैै बिताउनु हुन्थ्यो । दैनिक पत्रपत्रिकामा लेख लेख्नुुका साथै बिभिन्न मिडियमा अन्तवार्तामा ब्यस्त देखिनु हुन्थ्यो । बृद्ध बृद्धाका लागि केही गर्ने अठोटका साथ लागिरहनु भएको थियो । पुर्वान्चलका बृद्ध बृद्धाको भेला गराएर उहाँहरुलाई खान पान र सकेको आर्थिकदान र दोसल्ला प्रदान गरेर बृद्ध कुम्भ भेला गराउनु भएको थियो । नेपालमा बिदेशलाई हेर्ने थिंक टयांकको आवश्यकता रहेको भनेर युवासंग मिलेर त्यसमा पनि काम गरिहनु भएको थियो ।

आराम हराम हो भन्ने मनमोहनका भाई भरतमोहन खाली बसेर आराम गर्नै नसक्ने हुनुहुन्थ्यो । कि लेखपढ कि भेटघाट कि केही न केही काममा ब्यस्त भईरहेका देख्थे । ब्यस्तता नै मस्तता हो भन्ने उहाँमा परेको थियो । खाली दिमाग भुतको घर भन्ने उहाँ दिमागमा नयाँ नयाँ कुरा राखिरहनु हुन्थ्यो ।

सुुखी हुन धेरै दौडधुुप गर्नै पर्दैन । वेद पुराण पढेर हैन जीवनकै कुराले सुखी जीवन बनाउछ । दुुःखका दश द्वार हुन्छन । त्यो मध्ये एक हो ढीला सुत्ने ढीला उठ्ने । उहाँमा त्यस्तो थिएन । अर्थबिज्ञ उहाँ हिसाब किताब नराखेर दुःखको द्वार खुल्ला गर्नु हुन्नथ्यो । राजनीति काम नै समाजसेवा भएकोले आफ्नो लागि भन्दा अरुको लागि केही गर्न खोज्ने सुखी हुने उहाँलाई थाहा थियो । अध्ययन र लेखनले मेरै कुरा ठीक भन्ने मुर्ख बनाएन उहाँलाई । विना कारण झुट बोल्ने कुरै भएन । कसैको विश्वास नगर्ने भन्ने उहाँमा लागुु नै भएन । समयमा समयको काम गर्ने, नमागेको लाई यसो गर भनेर सल्लाह दिने नगरेकोले नै भरतमोहनमा दुःखको ढोका बन्द थियो । म यस्तो सुखी थिए अहिले के थिए र भनेर हिजोको सुख सम्झेर नबस्नाले पनि सुख हुन्छ । म मेरै लागि भन्ने हुदा झन दुःख बढ्छ । श्रद्धा , नम्रता र योग्यताको मिलनले दिनदिनै सम्मानित हुनुहुन्थ्यो भरतमोहन अधिकारी ।

नेतासंग नेताका कुरा हुने नै भए । प्रचन्ड ,मनमोहन अधिकारी , गिरिजा प्रसाद कोईराला ,लोकेन्द्र बाहादुर चन्द , खिलराज रेग्मी, बाबुराम भटराई ,झलनाथ खनाल , माधव नेपाल , सुर्य बाहादुर थापा , बिशेश्वर कोईराला लगायतका ब्यक्तित्वका साथै राजा वीरेन्द्र ज्ञानेन्द्र र युवराज र दीपेन्द्रका कुरा उहाँबाट म बुझन खोज्थे । ब्यक्ति बाट ब्यक्तित्व बन्न लामो कसरत हुने सकिन केही समय नलाग्ने उहाँको सार हुन्थ्यो ।
धेरै कुरा भए धेरै कुरा बाकि रहे । घर परिवारलाई मात्र हैन उहाँलाई पनि लाग्दैनथ्यो । यति चाँडै जानु हुन्छ भन्ने । कम्तिमा ८५ बर्ष त बाँच्छु होला भन्नु हुन्थ्यो । तर ८२ मै उहाँलाई लग्यो । मृत्यु दुःखद हुन्छ । अझ दुःखद हुन्छ थलिएर मृत्यु हुनु । भरतमोहनको सवालमा थलिएर बस्न परेन । केही समय अघिदेखि परहेज भने गरिरहनु भएको थियो ।

जीवनको अन्तमा हामीले कसैलाई सम्झदा के किन्यो हैन के बनायो के पायो हैन के समाजलाइ दियो को संग प्रतिस्पर्धा गरयो हैन चरित्र कस्तो थियो र कति सफल हैन कति महत्वपुर्ण थियो भन्ने कुराले सम्झन्छौ । यसरी हेर्दा भरतमोहन अधिकारीलाई बिर्सने ठाउ छैन । हार्दिक श्रद्धाको अन्जुली भरतमोहन अधिकारीलाई । जसले एक जीवनमा धेरै जीवन बाँच्नु भयो ।

(Visited 141 times, 1 visits today)
Loading comments...