बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

इथियोपियन विमान दुर्घटनामा एक नेपालीको मृत्यु

राजधानी समाचारदाता
2 months ago
10/03/2019

काठमाडौं । इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा एक नेपालीको पनि मृत्यु भएको छ ।

सो एयरलाइन्सले इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको उल्लेख गरेको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार सबैको मृत्यु भएको छ ।

एयरलाइन्सले जारी गरेको यात्रु सूचीमा नेपालका एक जना रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विमान दुर्घटनामा केन्याका ३२ जना, क्यानडाका १८, इथोपियाका ९ जना, चीनका ८, इटालीका ८, अमेरिकाका ८ र फ्रान्सका ७ जना रहेका छन् ।

यस्तै बेलायतका ७, इजिप्टका ६, जर्मनीका ५, भारतका ४ स्लोभकियाका ४, रसियाका ३, स्वीडेनका ३, स्पेनका २, इजरायलका २ जनाले ज्यान गुमाएका छन् ।

(Visited 479 times, 1 visits today)
Loading comments...