बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

च्याम्पियन बन्ने चेलीको लक्ष्य

राजधानी संवाददाता
2 months ago
12/03/2019

विराटनगर । दक्षिण एसियाली महिला फुटबल (साफ) को पाँचांै संस्करण मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ । दक्षिण एसियाका ६ राष्ट्र सम्मिलित च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक नेपालले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी भुटानसँग प्रतिस्पर्धा गर्दै छ । खेल विराटनगरस्थित शहीद रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । त्यसअघि साफ च्याम्पियनसिपको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) जानकारी गराएको छ ।

नेपालका प्रशिक्षक हरि खड्काले नेपाली टोलीको लक्ष्य साफ च्याम्पियन बन्ने रहेको बताए । ‘महिला टोली हालसम्मकै उत्कृष्ट बनेको छ । हामी उत्कृष्ट खेल पस्कँदै साफको पहिलो उपाधि जित्न चहान्छौं,’ प्री–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले भने, ‘सबै टोली उस्तै रहेको र हरेक खेललाई उत्तिकै महत्वले हेरेको छु । कुनै पनि विपक्षी टोलीलाई सहज रूपमा लिएका छैनौं । हामीले हरेक खेल जित्दै उपाधि जित्ने विश्वास राखेका छौं ।’

उनले बंगलादेश राम्रो टोली रहेको र सचेत भएर खेल्ने बताउँदै राम्रो प्रदर्शन गर्दै अर्को चरणमा पुग्ने पहिलो लक्ष्य लिएको बताए । प्रशिक्षक हरि खड्काले साफका लागि घोषणा गरिएको २० सदस्यीय टोलीमा ६ खेलाडी यू–१९ उमेर समूहका सदस्य रहेका र सबै खेलाडी उत्कृष्ट भएकै कारण टोलीमा पर्न सफल रहेको बताए ।

‘राष्ट्रिय टोली बनाउँदा उत्कृष्टमध्येका उत्कृष्ट खेलाडी छनोट गर्ने हो । हामीले प्रशिक्षण र पछिल्ला खेलको प्रदर्शनका आधारमा नै टोली छनोट गरेका हौं । हामीले भविष्यबारे पनि सोच्नुपर्छ तर अहिले जुन टोली बनेको छ त्यो नै अहिलेको अवस्थामा उत्कृष्ट टोली हो,’ खड्काले भने । यस्तै, प्रशिक्षक खड्काले फरवार्ड सावित्रा भण्डारीको स्वास्थ्यस्थिति सामान्य रहेको र टोलीमा अन्य पनि राम्रा खेलाडी रहेकाले चिन्ता लिनु नपर्ने बताए । प्रशिक्षक खड्काले पछिल्ला खेलहरूमा उपाधिको दाबेदार भारतसँगको नतिजा सकारात्मक रहेको बताउँदै यसपटक टोलीले नकआउट चरणको यात्रा तय गरे भारतविरुद्ध राम्रो खेल हुने बताए ।

‘सबै संस्करणमा नेपालको तगारो भारत बन्दै आएको छ । अघिल्ला ३ फाइनलसहित पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा नै भारतसँग पराजित भएको थियो । त्यस यता नेपालले ओलम्पिक छनोटमा भारतलाई बराबरीमा रोकेको छ । अघिल्लो महिना भारतमै सम्पन्न हिरो गोल्डकपमा भारतलाई पराजित गरेको छ,’ प्रशिक्षक खड्काले भने, ‘टोलीको मनोबल उच्च छ । पछिल्ला खेलमा अग्रता लिनका बाबजुद रक्षापंक्ति कमजोर हुँदा नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन । एक महिना अघि भारतमा यो सम्भव भयो । त्यसलाई अझ सुधार गर्दै टोलीलाई सन्तुलित बनाइएको छ । प्रतियोगितामा त्यो समस्या सुल्झनेमा विश्वस्त छु ।

घरेलु मैदानमा प्रतियोगिता खेल्नुलाई प्रशिक्षक खड्काले एक अवसरका रूपमा लिएको र चेलीहरूमा जितको भोक छ र त्यसलाई नै हामीले जितमा
बदल्ने बताए । नेपाल पाँचौ संस्करणसम्म आइपुग्दा ३ पटक फाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ । सबैमा नेपाल भारतसँगै पराजित भएको हो । नेपाली टोलीकी कप्तान निरु थापाले घरेलु मैदानमा दबाबसँगै उपाधि जित्नेमा

(Visited 26 times, 1 visits today)
Loading comments...