शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

महिला क्रिकेटमा सुदूरपश्चिमको ऐतिहासिक जित

दीपक ओली
1 week ago
13/03/2019

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ । बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमको महिला टिमले ऐतीहासिक जित हात पारेको हो ।

टस जितेर व्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो। सुदुरपश्चिमका लागि रुवी पोदारले ५२ बलमा ८५ रन बनाइन् । यस्तै रेवती धामीले ४४ बलमा ६९ रन बनाइन् । २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भयो ।

कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाइन् भने ३ रन अतिरिक्त पाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले २ ओभरमा २ ओभर नै मेडन राख्दै ह्याटिक सहित ४ विकेट लिइन् । यस्तै सुमन विष्टले २ ओभरमा ४ रन दिएर २ विकेट लिइन् ।

बुधबार नै भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ । प्रदेश नम्बर ५ ले टस जितेर पहिले व्याटिङ गर्दै २० ओभरमा ९ विकेट क्षतिमा १०७ रन बनायो । उसका लागि सरस्वती पुनले २८ नितु भण्डारीले २१ रन बनाइन् ।

प्रदेश नम्बर १ का लागि सवनम राई र निग्मा तामाङले दुई दुई विकेट लिइन् । १०८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो । प्रदेश नम्बर १ लाई सानदार जित दर्ता गराउन रोमा थापाले ६१ रनको अविजित पारी खेलिन् । त्यस्तै अप्सरी वेगमले पनि १८ रन जोडिन् ।

(Visited 26 times, 1 visits today)
Loading comments...