शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

पुनर्निर्माणप्रति दाता उत्साहित : थप लगानी गर्न तम्सिँदै अन्तर्राष्ट्रिय समुदाय

टेनिस रोका
1 week ago
13/03/2019

काठमाडौं  । भूकम्पपछिको पुराताŒिवक तथा सांस्कृतिक सम्पदा र सार्वजनिक निकायका भवनको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदाय तथा दाताहरू उत्साहित देखिएका छन् । विभिन्न सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा सार्वजनिक निकायको पुनर्निर्माणमा चासो र तत्परता देखाउँदै उनीहरू पहिला गरेका प्रतिबद्धता पूरा गर्दै थप सहयोग गर्न उत्साहित देखिएका छन् ।

अमेरिका तथा युरोपियन विभिन्न मुलुकले पुनर्निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै यूएसएड, यूएएनडीपी, जाइकालगायत संस्था पनि थप सहयोग गर्न तयार भएका छन् । ‘यूएसएड, यूएएनडीपी तथा अमेरिकालगायत मुलुकले पनि हिजो प्रतिबद्धता गरेभन्दा बढी रकम दिन तयार हुनुभएको छ,’ प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले राजधानीसँग भने, ‘अन्तर्राष्ट्रिय दातृ समुदायले हाम्रो पुनर्निर्माणको कामलाई अन्यन्त उच्च मूल्यांकनसाथ हेरेका छन् र उहाँहरू थप रकम दिने कुरामा पनि उत्साहित हुनुभएको छ ।’

कार्यकारी अधिृकत ज्ञवालीले नेपालको पुनर्निर्माणले गति र सही दिशा लिएको भन्दै उत्साहित देखिएको विचार व्यक्त गरे । प्राधिकरणले तीनवर्षे योजना अघि सार्दै पुनर्निर्माण सम्पन्न गर्न ९३८ अर्ब रकम आवश्यकता पर्ने जनाएको छ । दातृ निकाय, अन्तर्राष्ट्रिय समुदाय र नेपाल सरकारबाट संयुक्त रूपमा आवश्यक लगानी जुट्ने र पुनर्निर्माणका सबै काम सम्पन्न हुने प्राधिकरणले विश्वास लिएको ज्ञवाली बताउँछन् ।

प्राधिकरणका अनुसार खानेपानी पूर्वाधारतर्फ ३ हजार २ सय १२ वटा पूर्वाधार पुनर्निर्माणको लक्ष्य छ । स्वास्थ्य संस्थाको पुनर्निर्माणको लक्ष्य १ हजार १ सय ९७ रहेको छ ।

यस्तै, ७ हजार ५ सय ५३ वटा शैक्षिक संस्था र १ सय ७१ वटा सुरक्षा निकायको भवन बनाउने लक्ष्य प्राधिकरणको छ । ७ सय ५३ वटा सम्पदा र ४१५ वटा सरकारी भवनको पुनर्निर्माण गर्नुपर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

जसअनुसार खानेपानीतर्फ ७ सय ९१ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने ६ सय ७० वटा पूर्वाधारको काम भइरहेको प्राधिकरणले जनाएको छ । स्वास्थ्य संस्थातर्फ ३ सय १२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने ३ सय ३१ वटा भवनको प्रबलीकरण सकिएको छ । प्राधिकरणले ५१ वटा भवनको पुनर्निर्माण र ९४ वटा भवनको प्रबलीकरण भइरहेको जनाएको छ ।

शैक्षिक संस्थातर्फ ४ हजार १ सय ७२ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणले २ हजार ५ सय ६ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको जनाएको छ ।

सुरक्षा निकायतर्फ ९४ वटाको काम सम्पन्न भएको छ भने ११८ वटाको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । सांस्कृतिक सम्पदातर्फ २ सय १२ वटाको पुनर्निर्माण सम्पन्न गरेको छ भने २२४ वटा पुनर्निर्माण भइरहेको छ । सरकारी भवनतर्फ १६ वटाको पुनर्निर्माण र २३२ वटाको प्रबलीकरणअन्तर्गत पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणतर्फ १२६ र प्रबलीकरणतर्फ १९ वटाको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...