सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

विप्लवसँग वार्ता र सहमतिबाट निकास निकाल्न प्रलेसको आग्रह

रासस
2 weeks ago
13/03/2019

काठमाडौं । प्रगतिशील लेखक संघ नेपालले विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीसँग वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको क्रियाकलापलाई लिएर सरकारले प्रतिबन्धको नीति अख्तियार गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले सहमतिबाटै निकास निकाल्नुपर्नेमा जोड दिएको छ ।

‘हामी सरकार र सो राजनीतिक शक्तिको राजनीतिक स्वतन्त्रताको मूल मर्ममा आघात नपर्ने गरी वार्ता र सहमतिबाटै समस्याको समाधान खोज्न हार्दिक अपिल गर्दछौं’, संघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घ वामलेखकको साझा मोर्चा हो ।

(Visited 93 times, 1 visits today)
Loading comments...